एनएमबि हाइब्रिड र एनएमबि ५० को न्याभ घट्यो, बैंकमा लक्षित लगानी, यस्तो छ न्याभ ग्राफ

बिजमाण्डू
२०७८ साउन १२ गते १०:२३ | Jul 27, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं। एनएमबि हाइब्रिड फण्ड र एनएमबि-५० ले असारको वित्तीय विवरण प्रकाशित गर्दै प्रति इकाइ खुद सम्पत्ति मूल्य (न्याभ) घटेको जनाएका छन्।

एनएमबि-५० को न्याभ १९.४३ रुपैयाँबाट १८.९६ रुपैयाँमा आएको छ। हाइब्रिड फण्डको १७.०५ रुपैयाँबाट १६.८९ रुपैयाँमा आएको छ।

मंगलबार सार्वजनिक वित्तीय विवरण अनुसार, हाइब्रिड फण्डको ४१ प्रतिशत लगानी वाणिज्य बैंकहरुको सेयरमा छ भने १८ प्रतिशत लगानी लघुवित्त कम्पनीहरुमा छ।

१५ प्रतिशत लगानी ५ वटा विकास बैंकहरुमा छ। 

एनएमबि ५०

एनएमबि ५० को ४३ प्रतिशत हाराहारी लगानी वाणिज्य बैंकहरुमा छ भने १५ प्रतिशत लगानी लघुवित्तमा छ।

एनएमबि हाइब्रिड

करिब १३ प्रतिशत लगानी ६ वटा विकास बैंकहरुमा छ।