आइएमई समूहले कागज उद्योगमा हात हाल्यो, डेढ अर्ब लगानीको कागज उद्योग एक वर्षभित्र आउने

बिजमाण्डू
२०७८ साउन १२ गते १२:४१ | Jul 27, 2021
आइएमई समूहले कागज उद्योगमा हात हाल्यो, डेढ अर्ब लगानीको कागज उद्योग एक वर्षभित्र आउने


Tata
GBIME
Nepal Life

काठमाडौं। डेढ अर्ब लगानीमा महोत्तरीको गौशालामा कागज उद्योग स्थापना हुने भएको छ। नेपाल पल्स एण्ड पेपर उद्योगको सोमबार शिलान्यास भएको छ।

यो उद्योगमा आइएमई समूह, सर्राफ समूह, उद्योगी सुनिलगोपाल श्रेष्ठ र होमनाथ ज्ञवालीको लगानी छ। उद्योगको ११ बिघा जमिनमा रहनेछ। उत्पादनमूलक उद्योगमा आइएमईको यो दोस्रो प्रोजेक्ट हो।

बैक तथा वित्तीय संस्था, रेमिटेन्स, होटल, केबलकार लगायतका सेवामूलक क्षेत्रमा सफल आइएमईको अक्सिजन उद्योग छ। उद्योगको शिलान्यास आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल, श्रेष्ठ र ज्ञवालीले संयुक्त रुपमा गरे।

उद्योगलाई आवश्यक पर्ने सबै उपकरण जडान गरेर एक वर्षभित्र उत्पादन थाल्नेछ। उद्योगबाट दैनिक ७५ टन कागज उत्पादन हुनेछ। उद्योगमा एक सय जनाले रोजगारी पाउनेछन्। अध्यक्ष ढकालले एक वर्षभित्र उत्पादन थालेर कागज आयातलाई प्रतिस्थापन गर्ने बताए।