नर्भिकले हरेक शनिबार निःशुल्क ओपिडी सेवा दिने, पहिले नै नाम टिपाएकाले मात्रै सेवा पाउने

बिजमाण्डू
२०७८ साउन १२ गते १३:०० | Jul 27, 2021
नर्भिकले हरेक शनिबार निःशुल्क ओपिडी सेवा दिने, पहिले नै नाम टिपाएकाले मात्रै सेवा पाउने

Tata
GBIME
Nepal Life

काठमाडौं। नर्भिक इन्टरनेशनल हस्पिटलले अब प्रत्येक शनिबार निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ। नर्भिक हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रका अनुसार आउने शनिबारदेखि यो सेवा सुरु हुनेछ।

प्रत्येक साताको शनिबार कुनै विशेषज्ञ डाक्टरले २ घण्टा निःशुल्क ओपिडी सेवा दिनेछन्। निःशुल्क ओपिडी सेवा लिनका लागि नर्भिक अस्पतालका ओपीडी प्रमुख क्षितिज उप्रेतीलाई ९८४११८१२८१ नम्बरमा फोन गरेर आफ्नो नाम टिपाउन सकिने विज्ञप्तिमा उल्लेख छ। 

प्रत्येक साताको शनिबारका लागि तोकिएको विशेषज्ञ डाक्टरले बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म बिरामीहरुको निःशुल्क जाँच गर्ने उनले बताए। शनिबारे निःशुल्क ओपिडी सेवामा बस्ने विशेषज्ञ चिकित्सकहरुको विषयमा पूर्वजानकारी नर्भिक अस्पतालको वेबसाइट र फेसबुक पेजबाट गराइने अस्पतालले जनाएको छ। 

नर्भिक अस्पतालले आगामी शनिबारका लागि वरिष्ठ मधुमेह रोग विशेषज्ञ डा. कामाक्षा शाह र डा. मधु मास्केको निःशुल्क ओपिडी सेवा संचालनको घोषणा गरेको हो। यो दिन मधुमेह रोगबाट पीडितहरुले निःशुल्क ओपिडी सेवा लिन सक्नेछन्।