सुन ३ सयले बढेर फेरि साताको सुरुकै मूल्यमा, चाँदीमा तीन दिन स्थिरतापछि १५ रुपैयाँको गिरावट

बिजमाण्डू
२०७८ साउन १३ गते ११:४८ | Jul 28, 2021
सुन ३ सयले बढेर फेरि साताको सुरुकै मूल्यमा, चाँदीमा तीन दिन स्थिरतापछि १५ रुपैयाँको गिरावट


Tata
GBIME
Nepal Life

काठमाडौं। सुनको मूल्य फेरि सोमबारकै मूल्यमा फर्किएको छ भने तीन दिन स्थिर रहेको चाँदीको मूल्यमा गिरावट आएको छ। 

सुनको मूल्यमा मंगलबार तोलामा ३ सय रुपैयाँ घटेको थियो। बुधबार फेरि ३ सय नै बढेर प्रतितोला ९२ हजार १ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
  
मंगलबारका लागि कारोबार मूल्य प्रतितोला ९१ हजार ८ सय रूपैयाँ थियो। यसअघि साताको पहिलो दिन गत आइतबार ९२ हजार भएको सुन एक सय रुपैयाँ बढ्दै सोमबार कारोबार मूल्य प्रतितोला ९२ हजार १ सय भएको थियो। 

अन्तर्राष्ट्रिय बजारमै सुनचाँदीको मूल्य अस्थिर चलिरहेको छ। गत आइतबार प्रतिऔंस १८००.२२ डलर रहेकोमा सोमबार घटेर १७९७.९३ डलरमा कारोबार भएको थियो। सामान्य बढोत्तरी देखिँदै मंगलबार प्रतिऔंस १७९९.२० डलरमा कारोबार भएको सुन बुधबार १८०६.१५ डलरमा चलिरहेको छ। 

चाँदीको मूल्यमा भने यो साता तीन दिनदेखि स्थिरतापछि तोलामा १५ रुपैयाँको गिरावट आएको छ। बुधबार चाँदी प्रतितोला १२ सय ५५ रुपैयाँ भएको छ। 

अन्तर्राष्ट्रिय बजारमा मंगलबार चाँदी प्रतिऔंस २५.१९ डलर थियो। बुधबार गिरावट आउँदै प्रतिऔंस २४.८४ मा कारोबार भएको छ।