भारतमा सबैभन्दा बढी बिक्री भएको इभी टाटा नेक्सनको बिक्री सुरु, मूल्य ३६ लाख रुपैयाँ

बिजमाण्डू
२०७८ साउन १३ गते ११:५५ | Jul 28, 2021
भारतमा सबैभन्दा बढी बिक्री भएको इभी टाटा नेक्सनको बिक्री सुरु, मूल्य ३६ लाख रुपैयाँ

Tata
GBIME
Nepal Life

काठमाडौं। टाटा मोटर्सको नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटा नेक्सन इभी बिक्री सुरु गरेको छ। यो गाडीको सुरुवाती मूल्य ३५ लाख ९९ हजार रुपैयाँ छ।

टाटा नेक्सन तीनवटा मोडेलमा ( एक्सएम, एक्सजेड प्लस र एक्सजेड प्लस लक्स) उपलब्ध रहेको कम्पनीले जनाएको छ। कम्पनीले ब्याट्रीमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटर वारेन्टी दिएको छ।

कम्पनीले गाडीमा तीन वर्ष वा १ लाख २५ हजार किलोमिटर वारेन्टी दिएको छ। कम्पनीले १६६००१५५७७७ नम्बरमा कल गरेर नेक्सन इभी बुकिङ गर्न सकिने जनाएको छ। कम्पनीले गाडी बुकिङ गर्दा २५ हजार रुपैयाँ एडभान्स तिर्नुपर्ने र त्यो रकम फिर्ता हुने जनाएको छ। कम्पनीले यो गाडी देशभरका टाटा शोरुममा अवलोकन र टेष्ट ड्राइभ गर्न मिल्ने जनाएको छ।

टाटा मोटर्स प्यासेन्जर भेहिकल्स इन्टरनेशनल बिजनेस हेड मयाङ बाल्डीले ग्रीन टेक्नोलोजी जिपट्रोन प्रविधियुक्त यस गाडीले ग्राहकहरुको अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने दाबी गरे।

उनका अनुसार उत्कृष्ट बनावट र विशेषताका साथै सर्वोत्कृष्ट सुरक्षा, आकर्षक सेवा प्याकेज र पूर्ण डेडिकेटेड चार्जिंङ सञ्जालको साथ नेक्सन इभी ग्राहकवर्गलाई एक पूर्ण पर्यावरणको प्रत्याभूति गर्दछ। सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष सिद्धार्थ राणाले नेक्सन इभीको बिक्री टाटा मोटर्सका लागि कोसे ढुंगा भएको बताउँदै नेपालमा इभी प्रयोगलाई प्रभावकारी ढंगले प्रोत्साहन गर्ने बताए।

सन् २०२० को जनवरीमा भारतमा बिक्री वितरण सुरु भएको टाटा नेक्सनले छोटो अवधिमा विद्युतीय सवारी साधनको बजारको ७६.८ प्रतिशत हिस्सा ओगटेको छ। भारतको  सबैभन्दा बढी बिक्री हुने इलेक्ट्रिक एसयूभी रहेको कम्पनीको दाबी छ।

४५०० भन्दा बढी भारतीय परिवारले रुचाएको टाटा नेक्सनले १८ वटा पुरस्कार जितिसकेको छ।