नेपालमा सार्वजनिक भयो रोयल इनफिल्ड क्रुजरको नयाँ मोडल ‘मेटोर ३५०’, सुरुवाती मूल्य छ लाख

बिजमाण्डू
२०७८ साउन १३ गते १३:१७ | Jul 28, 2021
नेपालमा सार्वजनिक भयो रोयल इनफिल्ड क्रुजरको नयाँ मोडल ‘मेटोर ३५०’, सुरुवाती मूल्य छ लाख


काठमाडौं। रोयल इन्फिल्ड बाइकको आधिकारीक विक्रेता एमभी दुगड समुह अन्तर्गत विवेक अटोमोवाइल्सले क्रुजर सेगमेन्टको नयाँ मोडल 'मेटोर ३५०' सार्वजनिक गरेको छ।

Tata
GBIME
Nepal Life

तीन सय ५०० सिसि इन्जिन क्षमता भएको यो बाइक  अन्तर्गत फायर बल, स्टेलर, सुपर नोभा लगायत तीनवटा भरियन्ट रहेको कम्पनीले नाएको छ।  कम्पनीका अनुसार यो नेपाली बजारमा यो बाइकको सुरुवाती बजार मूल्य  छ लाख रुपैयाँ निर्धारण गरिएको छ।

क्रुजर सिरीजको बाइकमा जे-सिरीजको एयर आयल कुल्ड 'एसएचसी इन्जिन' जडान गरिएको छ। इन्धनको क्षमता प्रभावकारीतालाई मध्यनजर गर्दै बाइकमा इलेक्ट्रोनिक फ्युल इन्जेक्सन (इएफआइ) समावेश गरिएको कम्पनीले जनाएको छ।

डुअल च्यानल एबिएस (एन्टि लक ब्रेकीङ सिस्टम) समावेश गरिएको बाइकमा  टर्न टु टर्न नेभिगेशन प्रणाली जडान गरिएको छ। कम्पनीका अनुसार गुगलसँगको झेदारीमा जडान गरिएको यो प्रणाली ट्रिपर पोड र मोबाइल फोन चार्ज गर्नका लागि युएसबी चार्जिङ पोर्टमा पनि समावेश गरिएको छ।

बिएस-६ संस्करण अन्तर्गत क्रुजर सिरीजको यो बाइकबाट निस्कने कम्पन न्यूनिकरण गर्नका लागि  कम्पनीले ब्यालेन्स साफ्ट जडान गरिएको जनाएको छ। 

नयाँ पुस्ता लक्षित गर्दै भित्र्याइएको यो बाइक युवादेखि वृद्ध वर्गका लागि उपयोगी रहेको कम्पनीको दाबी छ। कम्पनीले आफ्नो १९ वटै आधिकारीक शाखा तथा डिलरबाट यो बाइकको विक्री सुरु गर्ने योजना रहेको जनाएको छ। 

कम्पनीका अनुसार मेटोर फायर बल, स्टेलर र सुपरनोभा लगायत तीन भेरियन्टको बाइक क्रमशः दुई, तीन र दुई रङमा उपलब्ध  छ।

कम्पनीका अनुसार मेटोर  ३५० अन्तर्गत फायर बल, स्टेलर, सुपरनोभा लगायत तीन भेरियन्टको आधिकारीक बजार मूल्य क्रमशः छ लाख रुपैयाँ, छ लाख १७ हजार रुपैयाँ र छ लाख ४५ हजार रुपैयाँ निर्धारण गरिएको छ।