सामसङले सार्वजनिक गर्‍यो ग्यालेक्सी एफ२२ स्मार्टफोन, मूल्य साढे २० हजार रुपैयाँदेखि

बिजमाण्डू
२०७८ साउन १३ गते १६:१७ | Jul 28, 2021
सामसङले सार्वजनिक गर्‍यो ग्यालेक्सी एफ२२ स्मार्टफोन, मूल्य साढे २० हजार रुपैयाँदेखि


Tata
GBIME
Nepal Life

काठमाडौं। सामसङले एसएएमओएलइडी ९० हर्ज डिस्प्ले भएको ग्यालेक्सी एफ२२ नेपाली बजारमा लन्च गरेको छ। ट्रू ४८ क्वाड क्यामेरा तथा ६ हजार एमएएच ब्याट्री भएको ग्यालेक्सी एफ२२ फुलअनफन सेगमेन्टको अग्रणी स्मार्टफोन भएको कम्पनीले जनाएको छ।

जेन जे युवायुवतीहरुका लागि लक्षित गर्दै सामसङले यो स्मार्टफोन डिजाइन गरेको बताइएको छ। फोन ९० हर्ज रिफ्रेस रेटको साथ ६.४ इन्च डिस्प्ले रहेको छ।

यसमा भएको शक्तिशाली ब्याट्रिले १३० घण्टा म्युजिक प्ले ब्याक, ४० घण्टा टक टाइम, २५ घण्टा भिडियो प्ले ब्याक तथा २४ घण्टा इन्टरनेट चलाउन सकिने बताइएको छ।

साथै यसमा अक्टा-कोर मिडियाटेक हेलियो जी८० प्रोसेसर रहेको छ। यसका कारण फोनले उच्चस्तरीय कार्य क्षमता प्रदर्शन गर्ने दाबी कम्पनीको छ। ब्राउजिङ गर्दा तथा मल्टिपल एपहरुको प्रयोग गर्दा स्मुथ, मल्टि टास्किङ एवम् कम ब्याट्री खपत हुने बताइएको छ। 

डेनिम ब्लू, डेनिम ह्वाइट तथा डेनिम ब्ल्याक जस्ता रङहरुमा ग्यालेक्सी एफ२२ उपलब्ध रहेको कम्पनीले जनाएको छ। चार जीबी र्‍याम+६४ जीबी स्टोरेजको भेरियन्टलाई २० हजार पाँच सय रुपैयाँ र ६ जीबी+१२८ जीबीको फोनको मूल्य २४ हजार रुपैयाँ तोकेको छ।