सिप्रदी र शिखरबीच अटो प्लस सम्झौता, दुर्घटनापछि गाडी मर्मत गर्दा १५ दिनसम्म भाडा दिने

बिजमाण्डू
२०७८ साउन १३ गते २०:२८ | Jul 28, 2021
सिप्रदी र शिखरबीच अटो प्लस सम्झौता, दुर्घटनापछि गाडी मर्मत गर्दा १५ दिनसम्म भाडा दिने


काठमाडौं। सिप्रदी ट्रेडिङ र शिखर इन्स्योरेन्सबीच अटो प्लस सम्झौता भएको छ। सम्झौतामा सिप्रदीका उपसभापति सौरवराज थपलिया र शिखरका सिइओ दीपप्रकाश पाण्डेले हस्ताक्षर गरेका छन्।

Tata
GBIME
Nepal Life

यो सम्झौता अनुसार शुन्य ह्रास कट्टी, गाडी मर्मत गर्न लाग्ने १५ दिनसम्म टाटा योद्धाको दैनिक भाडादर तीन हजार र एस तथा इन्ट्राका लागि १५ हजार दिनेछ। यो स्कीम सवारी साधन दर्ता भएको मितिबाट पाँच वर्ष र मोटर बीमा पोलिसीमा लागु हुने कम्पनीले जनाएको छ।

कम्पनीले योजनाभित्र नयाँ गाडी प्रतिस्थापन दिने जनाएको छ। योजनामा सहभागी हुन ग्राहकले दुर्घटना भएको अवस्थामा सिप्रदीका कुनै पनि आधिकारिक सर्भिस सेन्टरमा गाडी मर्मत र बीमा दाबी गर्न सक्ने कम्पनीले जनाएको छ।