मैलुङ खोलाले ७ लाख ३६ हजार २८६ कित्ता सेयर आजबाट निष्कासन थाल्यो, लागत ९० करोड

बिजमाण्डू
२०७८ साउन १४ गते ०८:३८ | Jul 29, 2021
मैलुङ खोलाले ७ लाख ३६ हजार २८६ कित्ता सेयर आजबाट निष्कासन थाल्यो, लागत ९० करोड


Tata
GBIME
Nepal Life

काठमाडौं। मैलुङ खोला जलविद्युत कम्पनीले आजबाट सर्वसाधारणलाई सेयर बिक्री खुला गरेको छ। कम्पनीले १८ गतेसम्म सेयर बिक्री गर्ने छ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका ७ लाख ३६ हजार २८६ कित्ता सेयर निष्कासन गरेको हो। यसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता कर्मचारी र पाँच प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोषलाई सेयर सुरक्षित गरेको छ।

बाँकी रहेको ६ लाख ८४ हजार ७४६ कित्ता सेयर सर्वसाधारणलाई बिक्रीमा राखिएको छ। कम्पनीको सेयरमा कम्तिमा १० कित्ताका लागि आवेदन दनु पर्ने छ। अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सकिन्छ।

कम्पनीले रसुवामा ५ मेगावाट क्षमताको जलविद्युत परियोजना निर्माण गरिरहेको छ। कम्पनीको कुल लगात ९० करोड २९ लाख रुपैयाँ रहेको छ। साधारण लगानी फिर्ता हुने अवधि ६ बर्ष २ महिना छ।