सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढ्यो, प्रतितोला ९२ हजार  ४ सय रुपैयाँमा कारोबार हुँदै

बिजमाण्डू
२०७८ साउन १४ गते ११:१८ | Jul 29, 2021
सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढ्यो,  प्रतितोला ९२ हजार  ४ सय रुपैयाँमा कारोबार हुँदै



काठमाडौं । केही दिन यता सुनको मूल्यमा सामान्य  उतारचढाव भइरहेको छ। सुनको भाउ बुधवारको भन्दा तोलामा ३ सय रुपैयाँले बढेको छ। सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि प्रतितोला ९२ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ।

Tata
GBIME
Nepal Life

बुधबार तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। 

चाँदीको मूल्य तोलामा १५ रुपैयाँले वृद्धि भएको छ। बिहीबार चाँदी प्रतितोला एक हजार २ सय ७० रुपैयाँ भएको छ। बुधबार तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य पुनः उकालो लाग्न थालेको छ। बिहीबार सुन प्रतिऔंस १८१५. ६३ डलर र चाँदी प्रतिऔंस २५. २३ डलरमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतिऔंस १८०६.१५ डलर र चाँदी प्रतिऔंस २४.८४  डलरमा कारोबार भएको थियो।