केन्द्र सरकारले गर्‍यो अन्तशुल्क र भ्याट संकलनको रकम बाँटफाँड, ४ अर्ब ८५ करोड स्थानीय तहलाई

बिजमाण्डू
२०७८ भदौ १५ गते १२:३७ | Aug 31, 2021
केन्द्र सरकारले गर्‍यो अन्तशुल्क र भ्याट संकलनको रकम बाँटफाँड, ४ अर्ब ८५ करोड स्थानीय तहलाई

काठमाडौं। संघिय सरकारको अन्तशुल्क र मूल्य अभिवृद्धि कर (भ्याट) मा संकलन भएको रकम बाँडफाड भएको छ। महालेखा नियन्त्रकको कार्यालयले दुई शिर्षकमा जम्मा भएको १५ प्रतिशत रकम ७ सय ७३ स्थानिय तहलाई बाँडफाड गरेको हो। 

Tata
GBIME
Nepal Life

अन्तरसरकारी वित्त व्यावस्थापन ऐन बमोजिम संघिय सरकारले संकलन गरेको अन्तशुल्क र भ्याटको १५ प्रतिशले हुन् आउने रकम स्थानीय तहलाई प्रदान गर्नुपर्ने व्यावस्था छ। जसअनुसार सबै स्थानीय तहको बैंक खातामा महालेखा नियन्त्रकको कार्यालयले रकम जम्मा गरेको हो। 

स्थानीय तहकोले पाउने रकमको लागि राष्ट्रिय प्रकृतिक स्रोत तथा वित्त आयोगले सुत्र बनाएको छ। सोहि आधारमा स्थानीय तहहरुको क्षमताको आधारमा राजस्वको बाफाँड गर्ने गरिन्छ।

चालु वर्षको पहिलो महिनामा केन्द्र सरकारले १४ अर्ब ४८ करोड भ्याट र अन्तशुल्क शिर्षकमा ६ अर्ब ३६ करोड राजस्व संकलन गरेको थियो। सो रकमको १५ प्रतिशतले हुन आउने रकमलाई बाँडफाड गरेको हो।