काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुले साताको अन्तिम दिन पनि राष्ट्र बैंकसँग सापटी चलाएका छन्। तरलता अभावका कारण उनीहरुले ३०० करोड रुपैयाँ सापटी चलाएका हुन्। बिहीबार १० अर्ब ९ करोड ७५ लाख रुपैयाँ सापटी चलाएका थिए।
बैकहरुले स्थायी तरलता सुविधा (एसएलएफ) मार्फत स्थायी तरलता सुबिधा चलाएका हुन्। शुक्रबार तरलता अभावका कारण अन्तर बैंक सापटी ४.९७ प्रतिशत पुगेको थियो। बैंकहरुले ३ प्रतिशत अनिवार्य तरलता अनुपात (सीआरआर) कायम गर्न सापटी लिएका हुन्।
बैंकले चालु बर्ष अर्थात पछिल्लो दुई महिनामा एसएलएफ १७२ पटक गरेर ३ खर्ब ५२ अर्ब २९ करोड रुपैयाँ चलाइसकेका छन्।
असोज लागेपछि ३०० करोड रुपैयाँ चलाएका हुन्। एसएलएफको पाँच प्रतिशत। एसएलएफ सात दिन अवधिको हुन्छ।