काठमाडौं। नबिल बैंकले मनोजकुमार ज्ञवालीलाई महाप्रबन्धकमा बढुवागरेको छ। १४ महिनाअघि नबिलको नायव महाप्रबन्धकमा नियुक्त भएका ज्ञवाली महाप्रबन्धकमा बढुवा भएका हुन्।
नबिलमा महाप्रबन्धकलाई डेपुटी प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइने चलन छ। सुजित शाक्य र बिनय रेग्मी अहिले डेपुटी प्रमुख कार्यकारी अधिकृत छन्।अब ज्ञवाली पनि थपिएका छन्।
बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले आफ्नो बैंकिङ करियरमा ज्ञवालीजस्तो मेहेनति र सामूहिकतामा काम गर्न रमाउने मान्छे कमै भेटेको बताए। उनले ज्ञवालीले बैंकिङलाई भ्यालु एडिसनमा लैजान मद्दत गरेकोसमेत बताए। बैंकको सोमबार बसेको सञ्चालक समितिले ज्ञवालीलाई बढुवा गरेको हो।
ज्ञवाली नबिल आउनुअघि ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत थिए। कार्यकाल बाँकी छँदै उनले ज्योति छाडेका थिए। ज्ञवालीसँग नियामक नेपाल राष्ट्र बैंकमा समेत काम गरेको अनुभव छ। उनी चार्टर्ड एकाउन्टेन्ट हुन्।