पब-जीको नयाँ गेमिङ सेगमेन्ट ‘न्यू स्टेट’ आउँदै, अर्को हप्ता नेपालसहित २७ देशहरुमा अन्तिम परीक्षण

बिजमाण्डू
२०७८ कात्तिक ५ गते १३:४२ | Oct 22, 2021
पब-जीको नयाँ गेमिङ सेगमेन्ट ‘न्यू स्टेट’ आउँदै, अर्को हप्ता नेपालसहित २७ देशहरुमा अन्तिम परीक्षण



काठमाडौं। पब-जीले नोभेम्बर ११ मा आफ्नो नयाँ गेमिङ सेगमेन्ट न्यू स्टेट लन्च गर्ने भएको छ। पब-जीको निर्माता दक्षिण कोरियाली कम्पनी क्राफ्टनले नयाँ मोबाइल गेम एन्ड्रोइड र आइओएममा दुईसय बढी देशमा लन्च गर्ने जनाएको छ।

Tata
GBIME
Nepal Life

यो सूचीमा भारत पनि रहेको छ। गत सेप्टेम्बरमै क्राफ्टनले नयाँ पब-जीको प्रि-रजिष्ट्रेसन खोलिसकेको छ।

अहिलेसम्म पाँच करोडभन्दा बढी प्रि-रजिष्ट्रेसन भइसकेको कम्पनीले जनाएको छ। न्यू स्टेट विभिन्न १७ भाषामा उपलब्ध छ।

न्यू स्टेटको अन्तिम प्राविधिक परीक्षण आगामी साता नेपालसहित २७ देशहरुमा सञ्चालन गर्ने तयारी क्राफ्टनले जनाएको छ।