सुरक्षा रेटिङमा टाटाको प्यासेन्जर भेहिकल उत्कृष्ट, टाटा पन्चले पनि पायो सुरक्षामा फाइभ स्टार

बिजमाण्डू
२०७८ कात्तिक ५ गते १७:१० | Oct 22, 2021
सुरक्षा रेटिङमा टाटाको प्यासेन्जर भेहिकल उत्कृष्ट, टाटा पन्चले पनि  पायो सुरक्षामा फाइभ स्टार

काठमाडौं। भारतीय गाडी उत्पादक कम्पनी टाटा मोटर्सले सुरक्षा रेटिङमा उत्कृष्ट देखिएको छ। हालै सार्वजनिक भएको मिनी एसयुभी 'टाटा पन्च'ले सावरी साधन सुरक्षा जाँच गर्ने अन्तर्राष्ट्रिय संस्था ग्लोबल एनक्यापबाट फाइभ स्टार रेटिङ पाएको छ।

Tata
GBIME
Nepal Life

योसँगै टाटा प्रति गाडीका पारखीहरुको ध्यानाकर्षण थप बढ्न थालेको कम्पनीले जनाएको छ। यस अघि कम्पनीले टाटा नेक्सन र टाटा अल्ट्रोजले ग्लोबल एनक्याप फाइभ स्टार पाइसकेको छ।

टाटा ‘पन्च’ ले पनि फाइभ स्टार पाएपछि ‘सुरक्षाको अर्को नाम टाटा’बराबर साबित भएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार पछिल्लो समय विभिन्न ब्राण्डका चारवटा कारले फाइभ स्टार रेटिङ पाएका छन्। यसमध्ये तीनवटा कार टाटाको रहेको जनाइएको छ।

 ‘स्टेट अफ आर्ट टेक्नोलोजी’ अवधारणामा बनाइएको नेक्सन आकर्षक र थप आरामदायी रहेका कारण बिक्री रेकर्डमा अग्रस्थानमा रहेको छ।कम्पनीले उत्पादन गरेको अल्ट्रोजले ग्राहकलाई सुपथ मूल्यमा प्रिमियम सुविधाको अनुभव दिन सफल रहेको कम्पनीको दाबी छ। स्टालिइस डिजाइन र सुगमसँगै सुरक्षाको श्रेणीमा अल्ट्रोजले उत्कृष्ट रहेको कम्पनीले जनाएको छ।

 टाटा पन्चमा अत्याधुनिक प्रविधि प्रयोग गरिएको कम्पनीले जनाएको छ। ‘पन्च’ लाई टाटाले भारत र नेपालको सबैभन्दा सुपथ मूल्यको एसयुभीको रूपमा स्थापित गर्ने कम्पनीको दाबी छ।

सुरक्षाका मापदण्डका आधारमा उत्कृष्ट आठ कारहरू मध्ये छ वटा कार टाटाको मात्रै रहेको छ। कम्पनीका अनुसार टाटा टियागो, टाटा टिगोर र टाटा टिगोर–इभीले फोर स्टार रेटिङ पाइसकेको छ। टाटाका तीनवटा भेरियन्टले फाइभ स्टार र तीनवटा भेरियन्टले फोर–स्टार रेटिङ पाएको छ।