बजारमा धेरैपछि फराकिलो अंकको बृद्धि, सूचक र कारोबार रकम दुवै बढ्यो, फाइनान्स र हाइड्रोले उचाले

बिजमाण्डू
२०७८ कात्तिक ८ गते १५:२६ | Oct 25, 2021
बजारमा धेरैपछि फराकिलो अंकको बृद्धि, सूचक र कारोबार रकम दुवै बढ्यो, फाइनान्स र हाइड्रोले उचाले

काठमाडौं। सेयर बजारमा धेरैपछि फराकिलो अंकको बृद्धि देखिएको छ। करिब ८८ अंकले बढेको बजारमा सवा चार अर्ब रुपैयाँ बढीको सेयर किनबेच भएको छ।

Tata
GBIME
Nepal Life

आइतबार २७ अंकले बढेको बजार लगातार दोस्रो दिन हरियो भएको पनि धेरै समय पछि हो। यस अघि बजार एक दिन हरियो भएपनि ३ दिन सम्म रातो हुने गरेको थियो।

सोमबार तीन दर्जन कम्पनीको सेयर मूल्य करिब १० प्रतिशत हाराहारी बढेको छ। बेष्ट फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, गुह्वेश्वरी मर्चेन्ट फाइनान्सको सेयर मूल्य ठिक १० प्रतिशतले बढेको छ।

त्यस्तै दिब्यश्वरी हाइड्रोपावर, सिनर्जी पावर, हिमालयन पावर पार्टनर, नेपाल हाइड्रो डेभलपर, राधी विद्युत र युनिभर्सल पावरको सेयर मूल्य पनि ठिक १० प्रतिशतले बढेको छ।

त्यस्तै युनियन हाइड्रो, हिमाल दोलखा हाइड्रो, शिभश्री हाइड्रो, लिबर्टी इनर्जी, अरुण भ्याली, बरुण, मल्टिपर्पोज फाइानान्स, युनाइटेड मोदी, आँखुखोला जलविद्युत र जोशी हाइड्रोपावरको सेयर मूल्य पनि करिब १० प्रतिशतलेनै बढेको छ। युनिलिभर नेपाल, मेरो माइक्रोफाइनान्स र सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य भने घटेको छ।

महालक्ष्मी विकास बैंकको सर्वाधिक १६ करोड रुपैयाँको सेयर किनबेच हुँदा सिद्धार्थ बैंक र अपि पावरको १३/१३ करोड, नेशनल हाइड्रोपावर १२ करोड र नबिल बैंकको ११ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

सोमबार बजार बढाउन फाइनान्स र जलविद्युत समूहले भूमिका खेलेका छन्। सर्वाधिक मूल्य बढ्ने कम्पनीहरुमा यीनै सुमूहका कम्पनी अघि देखिएका छन्।

समूहगत सूचकमा भने जीवन बीमा समूह सर्वाधिक ५३७ अंकले बढेको छ। निर्जीवन बीमा समूह ४६७ अंक, विकास बैंक ३०० अंक, जलविद्युत समूह २०० अंक र फाइनान्स समूह १७६ अंकले बढेको छ।  

म्युचुअल फण्ड सहित २२९ कम्पनीको ८४ लाख कित्ता सेयर ५३ हजार पटक कारोबार भएका छन्। ४ कम्पनी बाहेक कारोबारमा आएका सबै कम्पनीको सेयर मूल्य बढेको छ। कूल चार अर्ब ३० करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ।