कात्तिक लागेपछि ऋण बिस्तार ठप्प, पाँच दिनमा अर्बले घट्यो ऋण, निक्षेप सातामै २० अर्ब गायब

बिजमाण्डू
२०७८ कात्तिक ८ गते १५:२४ | Oct 25, 2021

काठमाडौं। कात्तिकमा बैंकहरुको ऋण लगानी घटेको छ। राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांक अनुसार, असोज मसान्तको तुलनामा कात्तिक ५ सम्म आउँदा ऋण एक अर्बले घटेको छ।

Tata
GBIME
Nepal Life

तर चालु बर्षभरीको तुलना गर्ने हो भने ऋण २ खर्ब ७७ अर्बले बिस्तार भएर ३९ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ।

पछिल्लो एक सातामा ऋण मात्र होइन निक्षेप पनि घटेको छ। पाँच दिनमा निक्षेप २० अर्ब रुपैयाँले घटेको हो। 

चालु बर्ष कुल निक्षेप ४८ अर्ब रुपैयाँले बढेर ४२ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ। जबकी असोज मसान्तका दिन निक्षेप ४२ अर्ब ६९ अर्ब रुपैयाँ थियो।

बिदेशी मुद्राको निक्षेप सातामै १६ अर्ब रुपैयाँले घटेको छ। १५१ अर्ब रुपैयाँ रहेको यस्तो निक्षेप १३५ अबमा झरेको हो। राष्ट्र बैंकले बिदेशी मुद्राको निक्षेप कर्जा-निक्षेप अनुपातमा गणना गर्न नपाइने बनाएपछि घटेको हो। नभए एकले अर्कोलाई सापटी दिएर निक्षेप सृजना गरेका थिए।