क्लासिक लिजेन्ड्सका सहसंस्थापक अनुपम थरेजा जावा बाइक चलाएर नगरकोट पुगे

बिजमाण्डू
२०७८ कात्तिक ८ गते १६:३८ | Oct 25, 2021
क्लासिक लिजेन्ड्सका सहसंस्थापक अनुपम थरेजा जावा बाइक चलाएर नगरकोट पुगे


काठमाडौं। जावा बाइक उत्पादक कम्पनी क्लासिक लिजेन्ड्सका सहसंस्थापक तथा निर्देशक अनुपम थरेजा काठमाडौंबाट नगरकोट जावा बाइक चलाएर गएका छन्।

Tata
GBIME
Nepal Life

जावा मोटरसाइकलको नेपालको आधिकारिक वितरक अग्नि मोटो इंकले नेपालमा पहिलो पटक गरेको जावा बाइक र्‍यालीमा उनले बाइक चलाएका हुन्। उनले र्‍यालीको नेतृत्व गरेका थिए।

नेपालमा अहिले जावा ४२  र जावा पेराक बाइक बिक्री भइरहेको छ। क्लासिक लिजेन्ड्सका सहसंस्थापक थरेजाले नेपालमा सवारी यात्रा गर्न पाउँदा रोमाञ्चित भएको बताए। उनले एक वर्षको अवधिमा जावा बाइकलाई नेपाली ग्राहकले रुचाएकोमा धन्यवाद दिए।

भारतमा तीन वर्षदेखि बिक्री हुँदै आएको यो बाइक लोकप्रिय बनिसकेको छ। नेपालमा पनि यो बाइक बिक्रीलाई एग्रेसिभ रूपमा अगाडि बढाइएको छ।

 यो बाइकको काठमाडौं, पोखरा, बिर्तामोड, विराटनगर, इटहरी, धरान, लहान, वीरगंज, नारायणगढ, बुटवल, भैरहवा, नेपालगन्ज, दाङ, सुर्खेत र बागलुङमा डिलर छ।