एनआइसी एसिया बैंकको लाभांश दर घट्यो, १५ प्रतिशत बोनस सेयर दिने, पुँजी एक अर्ब ८२ करोडले बढ्ने

बिजमाण्डू
२०७८ कात्तिक ८ गते १६:४२ | Oct 25, 2021

काठमाडौं। एनआइसी एसिया बैंकले गत बर्षको नाफाबाट लाभांश घोषणा गरेको छ। बैंकले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश घोषणा गरेको छ।

Tata
GBIME
Nepal Life

बैंकको चुक्ता पुँजी ११ अर्ब ५६ करोड रुपैयाँ छ। अब चुक्ता पुँजी एक अर्ब ८२ करोड रुपैयाँले बढ्ने छ। 

बैंकको लाभांश दर पोहोरभन्दा घटेको हो। पोहोर २० प्रतिशत दिएको थियो। पछिल्लो १० बर्षसमा बैंकले लाभांश ४१ प्रतिशतसम्म दिएको इतिहास छ। बैंकले कम्तिमा साढे १० प्रतिशत लाभांश दिएको छ। 

बैंकले गत आर्थिक बर्ष एक अर्ब ९२ करोड रुपैयाँ वितरणयोग्य नाफा गरेको थियो। बैंकको जगेडा कोषमा सात अर्ब १७ करोड रुपैयाँ छ।