बिओकेले प्रस्ताव गर्‍यो १४ प्रतिशत लाभांश, पोहोरभन्दा लाभांश दर घट्यो, १० प्रतिशत बोनस सेयर

बिजमाण्डू
२०७८ कात्तिक ९ गते १०:५६ | Oct 26, 2021

काठमाडौं। बैंक अफ काठमाण्डू (बिओके) ले १४ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर दिने छ।

Tata
GBIME
Nepal Life

बाँकी ४ प्रतिशत नगद लाभांश दिने बैंकले जनाएको छ। राष्ट्र बैंकले प्रस्तावित लाभांश स्वीकृत गरेमा बैंकको चुक्ता पुँजी ९६ करोड ५८ लाख रुपैयाँले बढ्ने छ।

बैंकको चुक्ता पुँजी ९ अर्ब ६५ करोड रुपैयाँ छ। बैंकले प्रस्ताव गरेको लाभांश पोहोरभन्दा २ प्रतिशत बिन्दु थोरै हो। पोहोर १३ प्रतिशत बोनस सेयरसहित १६ प्रतिशत लाभांश दिएको थियो।

बैंकले पछिल्लो १० वर्षमा ३४.७५ प्रतिशतसम्म लाभांश दिएको तथ्यांक छ। बैंकले कम्तिमा १०.९६ प्रतिशतसम्म लभांश दिएको छ।