तिहार नजिकिएसँगै सुनको मूल्य बढ्दो, मंगलबार तोलाको ९२ हजार ६ सय पुग्यो, चाँदी स्थिर

बिजमाण्डू
२०७८ कात्तिक ९ गते ११:२१ | Oct 26, 2021

काठमाडौं ।तीनदिन यता सुनको मूल्य लगातार उकालो लागिरहेको छ ।  मंगलबार यसको भाउ अघिल्लो दिनको भन्दा तोलामा २ सय रुपैयाँले बढेको छ । मंगलबारको लागि कारोबार मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

Tata
GBIME
Nepal Life

सोमबार सुन तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ४सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने मंगलबार स्थिर रहेको छ । सोमबार तोलामा ५ रुपैयाँले बढेर प्रतितोला एक हजार एक सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तराष्ट्रिय बजारमा सुन प्रतिऔंस १८०४ .३९ डलर र चाँदी २४ .४२ डलरमा कारोबार भइरहेको छ ।सोमबार सुन १७९९. ०६ डलर र चाँदी प्रतिऔंस २४. ५१ डलरमा कारोबार भएको थियो ।