मनमोहक मर्दी, पर्यटकलाई लक्षित गरी ४० वटा होटेल, माछापुच्छ्रे पनि हेर्न सकिने, तस्बिर समाचार

बिजमाण्डू
२०७८ मंसिर ७ गते ०९:१३ | Nov 23, 2021

कास्कीको पर्यटकीय क्षेत्र हो मर्दी हिमाल। आँखै अगाडि ठोक्किने गरी हिमाल हेर्न यहाँ मानिसहरुको ओइरो लाग्ने गर्छ। घाम लाग्दा बादल माथिको मर्दीको रुप झनै मनमोहक देखिन्छ।

Tata
GBIME
Nepal Life

मर्दीको काखैमा रहेको आधार शिविरबाट वरपर हेर्दा त्यहाँ पुग्दाको थकाई मेटिन्छ। यहाँ पर्यटकलाई लक्षित गरी हाइक्याम्पमा १३ वटा, फोरेस्ट क्याम्पमा १२ वटा, लो क्याम्पमा ९ वटा, बादल डाँडामा ६ वटा होटेल संचालनमा छन्।

पाँच हजार ५८७ मिटरको मर्दी हेर्न पुग्दा त्यहाँबाट माछापुछ्रे हिमाल पनि मजाले हेर्न सकिन्छ।

मंसिरको दोस्रो हप्तामा मर्दी क्षेत्रमा देखिएको दृश्य यस्तो थियो।