जेनिस सलुशनले अमेरिकामा खोल्यो कार्यालय, अन्तर्राष्ट्रिय बजारमा उपस्थिति बलियो बनाउँदै

बिजमाण्डू
२०७८ मंसिर ९ गते १८:२७ | Nov 25, 2021
जेनिस सलुशनले अमेरिकामा खोल्यो कार्यालय, अन्तर्राष्ट्रिय बजारमा उपस्थिति बलियो बनाउँदै

काठमाडौं। डिजिटल प्रविधि सेवा प्रदान गर्ने कम्पनी जेनिस सलुसनले अमेरिकामा पनि कार्यालय खोलेको छ। बेलायतमा मुख्यालय रहेको यो कम्पनीको नेपाल, भारत, पाकिस्तान, बंगलादेश, अष्ट्रेलिया र फिनल्याण्डमा कार्यालयहरु संचालनमा छन्।  

Tata
GBIME
Nepal Life

जेनिस सलुशन अमेजन वेब सर्भिसेस्, गुगल तथा माइक्रोसफ्टको आधिकारिक सेवा प्रदायक भएको कम्पनीले जनाएको छ। जेनिसले यसअघि नै अमेरिकास्थित केही ठूला बैंकहरुलाई आफ्नो सेवा प्रदान गर्दै आएको छ।

अमेरिकास्थित नयाँ कार्यालयबाट जेनिसले सिलिकन भ्याली र फर्चुन ५०० कम्पनीहरु लगायतमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्य लिएको छ।  

यो विस्तारले विश्वभरी आफ्नो व्यवसाय तथा सेवा प्रवाह संजाल पुर्‍याउने जेनिसको रणनीतिको एक अंग भएको बताइएको छ। 

‘अमेरिका सूचना, संचार तथा प्रविधि उद्योगमा संसारकै सबै भन्दा ठूलो बजार हो। त्यहाँ हाम्रो औपचारिक उपस्थिति हाम्रा लागि एउटा उपलब्धी र गौरवको कुरा हो,’ जेनिस सलुशन लिमिटेडका ग्लोबल मुख्य प्रविधि अधिकृत अन्जनी फुयालले भने, ‘हामी एउटा कम्पनीको रुपमा अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थितिलाई बलियो बनाउनुका साथै विश्व सूचना, संचार तथा प्रविधि उद्योगमा नेपाललाई बजार मापदण्ड कायम गर्न सफल एक स्रोत मुलुकको रूपमा स्थापित गर्न चाहन्छौं।'

जेनिसले एडब्लुएस, गुगल, माइक्रोसफ्ट, अलिबाबा क्लाउड लगायतका विश्वचर्चित क्लाउड सेवा प्रदायक कम्पनीहरुसँगको साझेदारीमा आफ्ना कार्यालयहरुबाट विश्वभर सेवा प्रदान गर्दै जाने लक्ष्य लिएको छ।