बर्डवाइजरले मंसिर १८ गते जीई फेस्ट गर्दै, सांगीतिक प्रस्तुतिसँगै विभिन्न सामग्रीका स्टल रहने

बिजमाण्डू
२०७८ मंसिर १३ गते १७:४४ | Nov 29, 2021
बर्डवाइजरले मंसिर १८ गते जीई फेस्ट गर्दै, सांगीतिक प्रस्तुतिसँगै विभिन्न सामग्रीका स्टल रहने

काठमाडौं। बर्डवाइजर, ग्यारेज इन्टरटेन्मेन्ट र आइएसएस साउन्डले गोल्डस्टारसँगको सहकार्यमा जीइ फेस्ट आयोजना गर्ने भएको छ। मंसिर १८ मा आयोजना हुने उक्त फेस्ट ठमेलको छायाँ सेन्टरमा आयोजना हुने बताइएको छ।

Tata
GBIME
Nepal Life

महामारीपछि मौन रहेको उद्योगलाई यस सांगितिक कार्यक्रमले बढावा दिने विश्वास आयोजकको छ। फेस्टमा लोकप्रिय कलाकार स्वप्न सुमन र एलिमेन्टस्को प्रस्तुती रहनेछ। 

साथै, ओएसिस थापा, प्रवेशकुमार श्रेष्ठ, सुशान्त घिमिरे, समिर श्रेष्ठ, आकाश खड्का, सितुसित र अंकित वैद्यको प्रस्तुती रहने बताइएको छ। नेपाली संगीत प्रेमीमाझ चर्चित बेक्चाले यही कार्यक्रममार्फत् पहिलोपटक आफ्ना स्रोता सामु आउने आयोजकले जनाएको छ।

आयोजकले इभेन्टको प्रवेश शुल्क पाँच सय रुपैयाँ तोकिएको छ। आइएमई पेबाट पनि इभेन्टको टिकट खरिद गर्न सकिने बताइएको छ। बिहान ११:३० बजे प्रवेश गर्न सकिने यस कार्यक्रममा इच्छुकहरुले आफ्ना उत्पादनहरु प्रदर्शन र बिक्री गर्न स्टलहरु राखिने आयोजकले जनाएको छ।