वार्सटाइनर गल्फ प्रतियोगिताको उपाधि संगम केसीलाई, १२ बिघामा अरुले पनि जिते पुरस्कार

बिजमाण्डू
२०७८ मंसिर १३ गते १७:१५ | Nov 29, 2021
वार्सटाइनर गल्फ प्रतियोगिताको उपाधि संगम केसीलाई, १२ बिघामा अरुले पनि जिते पुरस्कार

काठमाडौं। वार्सटाइनर गल्फ प्रतियोगिता २०२१ को उपाधि संगम केसीले जितेका छन्। ३-४ स्टेबल फोर्ड ढाँचामा खेलेका केसीले ४१ अंकका साथ प्रतियोगिता जितेका हुन्।

Tata
GBIME
Nepal Life

सञ्जीव तिवारी ३८ अंकका साथ पुरुष उपविजेता बनेका छन्। हरि थापा ३३ अंकका साथ ग्रस बिजेता भए भने गीता गुरुङले २९ अंक जोड्दै महिलातर्फको उपाधि जितेको आयोजकले जनाएको छ। 

लेफ्टिनेन्ट जनरल विजय एसजेबी राणाले ३८ अंकसहित सिनियर खण्डको उपाधि जितेका छन्। मेजर जनरल विजय मोक्तानले ३६ अंक जोड्दै सिनियर रनरअपको उपाधि जितेका छन्। मिथुन राईले मोस्ट बर्डीजको अवार्ड जिते भने फुरसाङ लामाले लङ्गेस्ट ड्राइभको अवार्ड जितेका छन्। 

क्लोजेस्ट टु द पिनको उपाधि भाइराजा पाण्डेले र लेफ्टिनेन्ट कर्णेल ईश्वर बुढाथोकीले ३९ अंकका साथ अतिथि बिजेताको रुपमा उपाधि चुमेका छन्। बेष्ट स्पोर्टस्मानको उपाधि तेजबहादुर राईले जितेका छन्। 

बिजेताहरुलाई जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजका प्रमुख बिक्री अधिकृत प्रविर कुमार नाग, पूर्व प्रधानसेनापति प्रज्वल एसजेबी राणा, रोयल नेपाल गल्फ क्लबका अध्यक्ष प्रचन्द्रबहादुर श्रेष्ठ, क्याप्टेन राजेन्द्रमान शेरचन, पूर्व अध्यक्ष मधुकर याक्थुम्बा र नेपाल गल्फ एसोसिएसन्का पूर्व अध्यक्ष प्रदीपकुमार श्रेष्ठले पुरस्कार हस्तान्तरण गरेका छन्। 

प्रतियोगिताको बिजेतालाई वार्सटाइनर ट्रफी प्रदान गरिएको छ भने अन्य विभिन्न १२ विधाका  बिजेताहरुलाई अन्य पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ। 

नेपालमा गल्फको प्रबर्द्धनका लागि २०१६ मा विश्वप्रसिद्ध जर्मन बियर नेपालमा ल्याइएपछि वार्सटाइनर प्रिमियम जर्मन वियर प्रतिष्ठित रोयल नेपाल गल्फ क्लबसँग आबद्ध छ।