१५ हजार ३४९ साइटमा एनटीएले आरटीडीएफ परिचालन गरी पुर्‍यायो इन्टरनेट, ६३३ मा बाँकी

बिजमाण्डू
२०७८ मंसिर १४ गते १३:४१ | Nov 30, 2021
१५ हजार ३४९ साइटमा एनटीएले आरटीडीएफ परिचालन गरी पुर्‍यायो इन्टरनेट, ६३३ मा बाँकी


काठमाडौं। ९६ प्रतिशत साइटमा दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) परिचालन गरी ब्रोडब्याण्ड इन्टरनेट पुर्‍याएको छ। 

Tata
GBIME
Nepal Life

सम्झौता भएका १८ वटा प्याकेजका १५ हजार ९८२ मध्ये १५ हजार ३४९ साइटमा कात्तिकमा इन्टरनेट जडान सकिएको प्राधिकरणले जनाएको छ। अब ६३३ साइटमा इन्टरनेट पुग्न बाँकी छ। 

प्राधिकरणले स्थानीय निकायको कार्यालय, वडा कार्यालय, माध्यमिक विद्यालय र स्वास्थ्य संस्थामा इन्टरनेट पुर्‍याउन पाँच अर्ब ६७ करोड ४६ लाख रुपैयाँमा सम्झौता गरेको थियो।

प्राधिकरणले कात्तिकसम्म ब्रोण्डब्याण्ड परियोजनाका लागि सेवा प्रदायकहरुलाई तीन अर्ब ८९ करोड ७० लाख रुपैयाँ भुक्तानी गरिसकेको छ। ब्रोण्डब्याण्ड परियोजनाको वित्तीय प्रगति ६८.६७ प्रतिशत पुगेको छ। 

७०२ स्थानीय निकायको कार्यालयमध्ये कात्तिकसम्म ६७६ मा इन्टरनेट पुगेको छ। अब २६ स्थानीय निकायको कार्यालयमा इन्टरनेट पुग्न बाँकी रहेको प्राधिकरणले जनाएको छ। 

५९३३ वडा कार्यालयमध्ये प्राधिकरणले ५६५३ मा इन्टरनेट पुर्‍याएको छ। अब २८० वडा कार्यालयमा इन्टरनेट पुग्न बाँकी छ।

यस्तै, ५२२५ माध्यमिक विद्यालयमध्ये ५००३ मा इन्टरनेट पुगेको छ। २२२ विद्यालयमा प्राधिकरणले इन्टरनेट पुर्‍याउन बाँकी रहेको जनाएको छ। ४१२२ स्वास्थ्य संस्थामध्ये ४०१७ मा इन्टरनेट जोडिएको छ भने अब १०५ साइटमा बाँकी रहेको प्राधिकरणले जनाएको छ।