सामसङ ग्यालेक्सी ए-२३ का केही स्पेसिफिकेसन भयो लिक, फोरजी र फाइभजी दुवै सपोर्ट गर्ने

बिजमाण्डू
२०७८ मंसिर १४ गते १४:१४ | Nov 30, 2021
सामसङ ग्यालेक्सी ए-२३ का केही स्पेसिफिकेसन भयो लिक, फोरजी र फाइभजी दुवै सपोर्ट गर्ने


काठमाडौं। सामसङले आफ्नो नयाँ स्मार्टफोनका रुपमा ग्यालेक्सी ए-२३ निर्माण गरिरहेको बुझिएको छ। दक्षिण कोरियाली कम्पनी सामसङले आधिकारिक रुपमा घोषणा गर्नुअघि ग्यालेक्सी ए सिरिजको केही स्पेसिफिकेसन लिक भएको छ।

Tata
GBIME
Nepal Life

ग्यालेक्सी ए-२३ स्मार्टफोन दुवै फोरजी र फाइभजी भर्सनमा आउने चर्चा छ। सामसङले जुनमा सार्वजनिक गरेको ग्यालेक्सी ए-२२ लाई पछि पार्ने गरी कम्पनीले नयाँ स्मार्टफोन बनाएको बताइएको छ। 

उक्त स्मार्टफोनमा ५० मेगापिक्सेल रियर क्यामेरा रहनेछ। जसमा ५ हजार एमएएच ब्याट्री क्षमता हुने बताइएको छ। सामसङले ग्यालेक्सी ए-२३ कहिले लन्च गर्छ भन्ने आधिकारिक जानकारी गराएको छैन। ग्यालेक्सी ए-२३ स्मार्टफोन ए-२२ को अपग्रेड हुने बुझिएको छ। 

ग्यालेक्सी ए-२२ मा एन्ड्रोइड ११ छ भने डुअल सिम लाग्छ। उक्त फोनमा ९० हर्ज रिफ्रेस रेटसहित ६.५ इन्च एचडी+ सुपर एमोलेड डिस्प्ले छ। ए२२ ले १५ वाटको फास्ट चार्जिङ सपोर्ट गर्छ।