नारायणी डेभलपमेन्ट बैंकको बुक क्लोज तय, मंसिर २४ सम्ममा सेयर किन्नेलाई १:१ को अनुपातमा हकप्रद 

बिजमाण्डू
२०७८ मंसिर १५ गते १४:०९ | Dec 1, 2021
नारायणी डेभलपमेन्ट बैंकको बुक क्लोज तय, मंसिर २४ सम्ममा सेयर किन्नेलाई १:१ को अनुपातमा हकप्रद 


काठमाडौं। नारायणी डेभलपमेन्ट बैंकको बुक क्लोज मिति तय भएको छ। बैंकले आगामी मंसिर २४ गते एक दिनका लागि सेयरधनी दाखिला खारेज बन्द गर्ने निर्णय गरेको जनाएको छ।

Tata
GBIME
Nepal Life

 

यससँगै उक्त मितिभन्दा अगाडिसम्म सेयर खरिद गर्ने लगानीकर्ताले बैंकको हकप्रद सेयरका लागि आवेदन दिन पाउने भएका छन्।

बैंकले २०७७ माघ १६ मा सेयरधनीलाई १ बराबर १ को अनुपातमा हकप्रद सेयर दिने निर्णय पारित गरेको थियो।