आरएमडीसी लघुवित्तको लाभांस घोषणा, सेयरधनीलाई २० प्रतिशत बोनससहित कुल २५ प्रतिशत प्रतिफल

बिजमाण्डू
२०७८ मंसिर १५ गते १५:०७ | Dec 1, 2021
आरएमडीसी लघुवित्तको लाभांस घोषणा, सेयरधनीलाई २० प्रतिशत बोनससहित कुल २५ प्रतिशत प्रतिफल

काठमाडौं। आरएमडीसी लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई कुल २५ प्रतिशत लाभांस वितरण गर्ने भएको छ। संस्थाले आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य नाफाबाट चुक्ता पुँजीको २०% बोनस सेयर र यसमा लाग्ने करसहित ५% नगद लाभांस दिने भएको हो।

Tata
GBIME
Nepal Life

यस लघुवित्तको चुक्ता पुँजी एक अर्ब तीन करोड ४२ लाख रुपैयाँमाथि छ। यसका आधारमा संस्थाले २० करोड ८८ लाख रुपैयाँ हाराहारीको बोनस सेयर र पाँच करोड १७ लाख रुपैयाँ नगद लाभांसका लागि छुट्याउने निर्णय मंसिर १५ को संचालक समिति बैठकबाट गरेको हो।

आरएमडीसीले सेयरधनीलाई कुल २५ करोड ८५ लाख रुपैयाँभन्दा बढीको लाभांस दिन लागेको हो।

संस्थाको ३६४औं बैठकले गरेको लाभांसको प्रस्ताव यसले नेपाल राष्ट्र बैंकमा स्विकृतीका लागि पठाएको छ। स्विकृती प्राप्त भएपछि आगामी साधारणसभाबाट यसलाई पारित गरेर सेयरधनीलाई वितरण हुनेछ।