सामाजिक सुरक्षा कोषको संचालक समितिमा चन्द्रप्रसाद ढकाल र गोकुल भण्डारी नियुक्त

बिजमाण्डू
२०७८ मंसिर १५ गते १६:४० | Dec 1, 2021
सामाजिक सुरक्षा कोषको संचालक समितिमा चन्द्रप्रसाद ढकाल र गोकुल भण्डारी नियुक्त

काठमाडौं। सामाजिक सुरक्षा कोषको संचालक समिति सदस्यमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपाल उद्योग परिसंघका उद्योग समितिका सभापति गोकुल भण्डारी नियुक्त भएका छन्।

Tata
GBIME
Nepal Life

 योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४को दफा १९ (१) (ज) बमोजिम रोजगारदाताहरु मध्येबाट ढकाल र भण्डारी नियुक्त भएका हुन्।

श्रम मन्त्रीस्तरीय निर्णय अनुसार दुबैजना नियुक्त भएका हुन्। ढकाल आइएमई समूहका अध्यक्ष हुन् भने भण्डारी नेपाल ग्यासका कार्यकारी निर्देशक हुन्।

तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ मंसिर ११ गते सामाजिक सुरक्षा कार्यक्रमको उद्घाटन गर्दै देशमा ‘नयाँ युग शुरू भएको’ घोषणा गरेका थिए। औपचारिक व्यावसायिक प्रतिष्ठान र संस्थामा कार्यरत श्रमिक तथा कर्मचारीहरूका लागि सामाजिक सुरक्षा कार्यक्रममा सहभागिताका लागि कानूनले नै अनिवार्य गरेको छ।