एनएमबि बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक, पाँच वर्षभित्र विश्वकै उत्कृष्ट बन्ने सपना छ: गोल्याण

बिजमाण्डू
२०७८ मंसिर १५ गते १७:०७ | Dec 1, 2021
एनएमबि बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक, पाँच वर्षभित्र विश्वकै उत्कृष्ट बन्ने सपना छ: गोल्याण

काठमाडौं। एनएमबि बैंकले बेलायतको प्रसिद्ध पत्रिका फाइनान्सिलय टाइम्स लन्डनबाट 'बैंक अफ दि इयर-एसिया' २०२१ को अवार्ड पाएको छ।

Tata
GBIME
Nepal Life

बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै बैंकले अवार्ड सार्वजनिक गरेको हो। बुधबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले अवार्ड बैंकलाई हस्तान्तरण गरेका थिए। नेपालमा यसअघि यो अवार्ड कुनै बैंकले पाएका छैनन्।

यो अवार्ड नेपालका सबै बैंक तथा वित्तीय संस्थाको जीत भएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले प्रतिक्रिया दिए।

उक्त अवार्ड पछि नेपालले एसियाका अन्य बैंक तथा वित्तीय संस्थासम्म पहुँच पुर्‍याउन थप सहज हुने केसीले बताए। अवार्ड जितेपछि विदेशी बैंक तथा वित्तीय संस्थाले नेपाली संस्थालाई पत्याउन सक्ने आधार तय गरेको जिकिर गरे।

बैंकले यसअघि चार वर्षमा तीनपटक 'बैंक अफ द इयर अवार्ड' जितेको थियो। फाइनान्सिलय टाइम्सले बैंकलाई सन् २०१७, २०१८ र २०२० मा गरी तीनपटक यो अवार्ड दिएको थियो। २०२१ मा भने बैंकले एसियाकै सर्वोत्कृष्ट बैंकको टाइटल अवार्ड जितेको हो। यससँगै 'बैंक अफ दि एयर २०२१' अवार्ड पनि एनएमबिले नै चौथो पटक पनि पाएको छ।

बैंकका अध्यक्ष पवनकुमार गोल्याणले आफूले चार वर्षअघि देखेको सपना पूरा भएको बताए। लन्डनमा पहिलो अवार्ड पाउँदा तीन वर्षभित्र यो अवार्ड पाउने गरी काम गर्न सीइओ केसीसँग छलफल गरेको स्मरण गर्दै एक वर्ष ढिलो गरी भए पनि अवार्ड पाउनु सुखद उपलब्धि भएको बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै गोल्याणले भने, 'अबको पाँच वर्षभित्र विश्वकै सर्वोत्कृष्ट बैंक बन्ने सपना छ।'