खुकुरी रमको नयाँ प्याकेजिङमा मौलिक नेपालीपन, थप पाँच विशेषताले तान्यो उपभोक्तालाई  

बिजमाण्डू
२०७८ मंसिर १६ गते ०९:०३ | Dec 2, 2021

काठमाडौं। खुकुरी रमको नयाँ प्याकेजिङप्रति उपभोक्ताहरु आकर्षित भएका छन्। अन्तर्राष्ट्रिय स्तरको अनुभव र नेपालीहरुको मौलिकपन तथा परम्परालाई समेत फ्यूजन हुने गरी तयार भएको नयाँ प्याकेजिङलाई उपभोक्ताहरुले अत्यधिक रुचाएको कम्पनीले जनाएको छ।

Tata
GBIME
Nepal Life

विगत ६२ वर्षदेखि नेपाली बजारमा रहेको खुकुरी रमको हालै फेरिएको नयाँ प्याकेजिङबाट उत्साहजनक प्रतिक्रिया पाएको उत्पादक कम्पनी द नेपाल डिस्टिलरिजले जानकारी दिएको छ।

नयाँ प्याकेजिङमा नेपालको मौलिकताबाट प्रेरित भएर केही नवीन र पृथक विशेषताहरु थपिएका छन् ।

द नेपाल डिस्टीलरिजका महाप्रबन्धक सुभास लामिछानेकाअनुसार रमको नयाँ बोटलको बिर्को समात्दा नेपाली वीरताको प्रतीक खुकुरीको बिँड समातेको भान हुन्छ । यो बिर्को पुनः प्रयोग गर्न नसकिने गरी तयार गरिएको छ ।

यस्तै,  खुकुरीको आकारबाट प्रेरित नयाँ वर्डमार्क समेत तयार गरिएको छ । यसले हाल चल्तीमा रहेको लोगोको सारलाई समेट्दै नेपालीहरुको सरल तथा दृढ स्वभावलाई दर्शाउने लामिछाने बताउँछन्।

रमको नयाँ प्याकमा रातो घेरामा अंकित सगरमाथाको शिखर, शिखरमा उदाएको सूर्य र सूर्यको अगाडि रहेको गोर्खालीहरुको शक्तिको प्रतिक खुकुरीले नेपाली मौलिकता र सम्पदालाई दर्शाउने उनको भनाई छ। स्वदेशी नेपाली मास्टर ब्लेन्डरको हस्ताक्षरयुक्त यो प्याकेजिङले स्वदेशी तथा विदेशी उपभोक्ताहरुलाई शतप्रतिशत नेपाली मौलिकता तथा गुणस्तरको विश्वास समेत दिलाउने उनले तर्क गरे।

नयाँ प्याकमा एकअर्काको पूरकको रुपमा रहेको खुकुरीले नेपालीहरुको शक्ति, दृढता तथा वीरतालाई दर्शाउने र ‘फ्रम द टप अफ द वर्ल्ड’ शब्दले यसको उद्गमस्थल विश्वको शिखरमा रहेको समेत जनाउने बताइएको छ ।

खुकुरी रमको नयाँ प्याकका यिनै ५ विशेषताका कारण ग्राहकहरु उत्साहित देखिएका बिक्रेताहरु बताउँछन्  । खुकुरी रमले नयाँ प्याकमा पृथक प्रयोग गरेर आफ्ना ग्राहकहरुका लागि यसलाई अझ विशेष बनाउने काम गरेको उनीहरुको भनाई छ। उनकाअनुसार नयाँ प्याकमा समेत खुकुरी रमको उही पुरानै उत्कृष्ट स्वाद कायमै राखिएको छ ।

नेपाल डिस्टिलरिज संगठनात्मक क्षेत्रमा स्थापना भएको नेपालको पहिलो मदिरा उत्पादक कम्पनी हो जसको उत्पादन खुकुरी रम नेपालमा अत्यन्त रुचाइएको ब्राण्ड हो।