यती र इ-सेवाको आकर्षक अफर, इ-सेवामार्फत टिकट काट्दा तीन सय क्यासब्याक

बिजमाण्डू
२०७८ मंसिर १६ गते १२:५३ | Dec 2, 2021
यती र इ-सेवाको आकर्षक अफर, इ-सेवामार्फत टिकट काट्दा तीन सय क्यासब्याक


काठमाडौं। निजी वायुसेवा कम्पनी यती एयरलाइन्स र डिजिटल पेमेन्ट प्लाटफर्म इ-सेवाले हवाई यात्रु लक्षित आकर्षक अफर सार्वजनिक गरेको छ।

Tata
GBIME
Nepal Life

इ-सेवा मार्फत यती एयरलाइन्स र तारा एयरको टिकट काट्ने सबै ग्राहकले तीन सय रुपैयाँ क्यासब्याक पाउने भएका छन्।

'यती र ताराको जुनसुकै रेटको टिकट खरिद गर्दा यात्रुले तीन सय रुपैयाँ क्यास ब्याक पाउन सक्नुहुनेछ। यस अघि इ-सेवामार्फत टिकट काट्ने यात्रुले इ-सेवाबाट मात्रै क्यास ब्याक पाउँदै आएका थिए,' यतीका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले भने।

हाल यतीले आफूसँग भएको पाँचवटा एटिआर-७२ सिरीजका जहाज र ताराले चारवटा ट्विनअटर जहाजमार्फत सुगम र दुर्गम गन्तब्यमा नियमित उडान गर्दै आएको छ।