तीन दिनमा त्रिभुवन विमानस्थलमा ४७ किलो सुन समातियो, चेकजाँच अझै कसिलो बन्दै

बिजमाण्डू
२०७८ मंसिर १६ गते १२:५७ | Dec 2, 2021
तीन दिनमा त्रिभुवन विमानस्थलमा ४७ किलो सुन समातियो, चेकजाँच अझै कसिलो बन्दै

काठमाडौं। तीन दिनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले  ४७.१६ किलो सुन समातेको छ। विदेशबाट आउने यात्रुले गहना बाहेकका सुन ल्याउन थालेपछि कार्यालयले चेकजाँच कडा बनाएको छ। 

Tata
GBIME
Nepal Life

पहिलो दिन सोमबार २१ किलो, दोस्रो दिन मंगलबार ११ किलो र तेस्रो दिन बुधबार १५.१६ किलो सुन समातिएको हो। केही व्यक्तिले भन्सार तिरेर सुन लगिसकेका छन् भने केही व्यक्तिले लैजान बाँकी छ। 

बुधबार ४ सय १० जनाले १५.१६ किलो सुन ल्याएका थिए। यी मध्ये १३.१२ किलो सुनको भन्सार तिरिसकेका छन्। जसबाट १ करोड २६ लाख ८७ हजार भन्सार महसुल जम्मा भएको छ। भन्सार कार्यालयले १ हप्ता अघि विदेशबाट फर्किने यात्रुले के ल्याउन पाउने र के ल्याउन नपाउने सुचना जारी गरेको थियो।

गहना नबनाई काँचो सुनको तार बनाई हातमा बानेर ल्याउन थालेपछि सरकारले भन्सार नाकामा कडाई गरेको हो।