गोयन्का समूहको घराना फुड्सको कारोबार २०२१ मा १.२१ अर्ब पुग्दै, ८५ प्रतिशत गहुँ भारतबाट आयात

बिजमाण्डू
२०७८ मंसिर १६ गते १३:४८ | Dec 2, 2021
गोयन्का समूहको घराना फुड्सको कारोबार २०२१ मा १.२१ अर्ब पुग्दै, ८५ प्रतिशत गहुँ भारतबाट आयात


काठमाडौं। घराना फुड्सको कारोबार सन् २०१८ पछि यो वर्ष २०२१ मा सर्वाधिक पुग्ने अनुमान गरिएको छ। २०१८ मा ७२ करोड २० लाख रुपैयाँको व्यापार गरेको घराना फुड्सले २०२१ मा एक अर्ब २१ करोड ८० लाखको कारोबार गर्ने रेटिङ एजेन्सी इक्रा नेपालले जनाएको छ। 

Tata
GBIME
Nepal Life

कम्पनीले २०१९ मा ९६ करोड ८० लाख रुपैयाँ र २०२० मा एक अर्ब रुपैयाँ बढीको कारोबार गरेको थियो।

कम्पनीले कोरोना महामारीकै समयमा पनि सन् २०२० मा १२ प्रतिशत र २०२१ मा १३ प्रतिशतले बिक्री बढ्ने अनुमान गरेको छ। कम्पनीले आफ्ना उत्पादनलाई आवश्यक गहुँ भारतबाटै आयात गर्दै आएको छ।

२०२१ मा चाहिने कुल गहुँको ८५ प्रतिशत भारतबाट आयात गरिने कम्पनीले जनाएको छ। बाँकी १५ प्रतिशत गहुँ भने स्थानीय बजारबाटै कम्पनीले खरिद गर्दैछ। कम्पनीले चक्की आँटा र गहुँको दानाबाट सेमोलिना र ब्रानका साथै दलिया उत्पादन गर्दै आएको छ। कम्पनीको उद्योग रुपन्देहीमा छ जसको उत्पादन क्षमता ३२ हजार चार सय टन छ।

सन् २०२१ मा उद्योगको कुल उत्पादन क्षमतामध्ये ६० प्रतिशत मात्रै उपयोग भएको बताइएको छ। कम्पनीले २०२१ अक्टोबरबाट बेसन उत्पादन पनि थालेको थियो। 

घराना फुड्स प्रालिमा विनयकुमार गोयन्काको ६०%, श्रीचन्द गोयन्का र गोबिन्दप्रसाद गोयन्काको २०/२० प्रतिशत सेयर हिस्सा छ। नेपालभर करिब ३८ पिठो मिलहरु संचालनमा छन्।