मौद्रिक समीक्षापछि १४७ अंकले घट्यो बजार, साताभरी दैनिक तीन अर्ब हाराहारीको मात्रै कारोबार

बिजमाण्डू
२०७८ मंसिर १६ गते १५:३१ | Dec 2, 2021
मौद्रिक समीक्षापछि १४७ अंकले घट्यो बजार, साताभरी दैनिक तीन अर्ब हाराहारीको मात्रै कारोबार


काठमाडौं। मौद्रिक समिक्षापछि सेयर बजारमा १४७ अंकको गिरावट आएको छ। साताको अन्तिम दिन ४९ अंकले घटेको बजार आइतबार ८० अंक, सोमबार २१ अंक र मंगलबार २ अंकले घटेको थियो। हप्ताभरीमा बजार एक दिन मात्रै ५ अंकले बढेक थियो। गत हप्ता २७३१ बिन्दुमा रहेको नेप्से सूचक यो हप्ता २६८४ बिन्दुमा झरेको छ।

Tata
GBIME
Nepal Life

बिहिबार ११ कम्पनीको मात्रै सेयर मूल्य बढ्दा सामलिङ पावर कम्पनी र न्यादी हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले र महिला लघुवित्तको सेयर मूल्य ८ प्रतिशतले बढेको छ। बाँकी कम्पनीको सेयर मूल्य १ प्रतिशत भन्दा कम मात्रै बढेको छ।

१७७ कम्पनीको सेयर मूल्य घट्दा कर्पोरेट डेभलपमेन्ट बैंक र मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्य समान ६/६ प्रतिशतले घटेको छ। श्री इन्भेष्टमेन्ट, युनाइटेड इदी मोर्दी हाइड्रोपावर र गुडविल फाइनान्सको सेयर मूल्य समान ५/५ प्रतिशतले घटेको छ।

महालक्ष्मी विकास बैंकको सर्वाधिक १२ करोड रुपैयाँको सेयर किनबेच हुँदा हिमालयन डिष्टिलरीको ११ करोड र नेशनल हाइड्रोपावरको १० करोड रुपैयाँको सेयर किनबेच भएको छ। अरु कुनै पनि कम्पनीको १० करोड रुपैयाँ भन्दा बढीको कारोबार हुन सकेन।

सबै उपसमूह राताम्मे भएको बजारमा २३१ कम्पनीका ७९ लाख कित्ता सेयर तीन अर्ब ४१ करोड रुपैयाँमा किनबेच भएका थिए।

निर्जीवन बीमा समूह २४५ अंक र जीवन बीमा समूह २३० अंकले घट्दा, विकास बैंक समूह १८९ अंक र उत्पादन समूह १५३ अंकले घटेका छन्।