मुक्तिनाथ बैंकका ग्राहकले नारायणी सेन्ट्रल अस्पताल र देव कर्नर ज्वेलरीमा छुट पाउने

बिजमाण्डू
२०७८ मंसिर १६ गते १६:०० | Dec 2, 2021
मुक्तिनाथ बैंकका ग्राहकले नारायणी सेन्ट्रल अस्पताल र देव कर्नर ज्वेलरीमा छुट पाउने


काठमाडौं। मुक्तिनाथ विकास बैंकले भिसा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुलाई थप सेवा दिन विभिन्न संस्थाहरुसँग सम्झौता गरेको छ। 

Tata
GBIME
Nepal Life

बैंकले वीरगंजको नारायणी सेन्ट्रल अस्पताल र काठमाडौंको देव कर्नर ज्वेलरीसँग सम्झौतामा हस्ताक्षर गरेको छ।

सम्झौताअनुसार बैंकका भिसा डेबिट कार्डबाहकहरुले नारायणी सेन्ट्रल अस्पतालका सेवाहरु जस्तै: बेड चार्ज, रेडियोलोजी, इन्भेस्टिगेसन, डाक्टर कन्सल्टेसन जस्ता सेवाहरुमा ५% सम्म छुट पाउने बैंकले जनाएको छ। 

साथै, देव कर्नरमा पनि सम्झौता पछि बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुले विभिन्न सेवामा ३०% सम्म छुट पाउने बताइएको छ।