वाणिज्य बैंकको शाखा काठमाडौंको थलीमा पनि, बिहीबारबाटै नयाँ शाखाबाट कारोबार सुरु

बिजमाण्डू
२०७८ मंसिर १६ गते १६:१० | Dec 2, 2021
वाणिज्य बैंकको शाखा काठमाडौंको थलीमा पनि, बिहीबारबाटै नयाँ शाखाबाट कारोबार सुरु


काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले काठमाडौंको थलीमा शाखा कार्यालयबाट कारोबार थालेको छ। 

Tata
GBIME
Nepal Life

कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापाले बिहीबार विधिवत रुपमा उक्त शाखाको उद्घाटन गरेको बैंकले जनाएको छ। बैंकको संचालक समितिका अध्यक्ष डा. बलराम पाठकले सेवाको आधारमा पनि वाणिज्य बैंक एक नम्बरको बैंक हुने बताए। 

यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले सबै बैंकिङ सेवा दिँदै आम नागरिकमा वित्तीय पहुँच विस्तार गरिरहेको प्रतिक्रिया दिए।  

बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २५६ वटा शाखा कार्यालय, २४१ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ सेवा दिइरहेको छ।