तरलता अभावले माथि जानबाट रोकियो सेयर बजार, आन्तरिक ऋणका कारण घट्नलाई दबाब

बिजमाण्डू
२०७८ माघ ९ गते १५:११ | Jan 23, 2022

काठमाडौं। सेयर बजार दोहोरो अंकले घटेको छ। केही समय हरियो भएको बजार लामो समय रातो देखिएको थियो।

Tata
GBIME
Nepal Life

चर्किँदो तरलता अभाव, त्यसमाथि सरकारले एक खर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन गरेको तयारीलगायतले बजारलाई माथि जानबाट रोकिरहेको छ।

दिनभरीमा बजार १०.८३ अंकले रातो भएर बन्द भएको छ। बजार २९२० अंकमा झरेको छ।

१३८ कम्पनीको सेयर मूल्य घट्दा ४६ वटाको मात्र मूल्य बढेको छ। जम्मा सात वटाको स्थिर छ। बजारमा विन नेपाल लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ। बुद्धभूमि लघुवित्तको पनि १० प्रतिशतले बढेको छ। मैलुङ खोला जलविद्युतको ९.७३ प्रतिशतले मूल्य बढेको छ।

सामलिङ पावरको सार्वधिक ६.६९ प्रतिशत र गुर्खाज फाइनान्सको ५.५२ प्रतिशतले मूल्य घटेको छ। बाँकीको यसभन्दा कमले घटेको छ।

दिनभरीमा ७ अर्ब ३ करोड रुपैयाँको सेयर कारोबार भएको छ। सर्वाधिक नेपाल टेलिकमको ३२ करोड १४ लाख रुपैयाँको कारोबार भएको छ। यसपछि अपी पावरको १९ करोड, एनआइसी एसिया बैकको १७ करोड ५२ लाख, शिखर इन्स्योरेन्सको १७ करोड ४७ लाख र ग्लोबल आइएमइ बैंकको १६ करोड ९६ लाख रुपैयाँको सेयर कारोबार भएको छ।