१३७१ मेगावाट क्षमताको चार जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययनका लागि २२ कम्पनी छनोट

बिजमाण्डू
२०७८ माघ १० गते ०६:०१ | Jan 24, 2022
१३७१ मेगावाट क्षमताको चार जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययनका लागि २२ कम्पनी छनोट

काठमाडौं। विद्युत विकास विभागले कुल १३७१.८५  मेगावाट विद्युत क्षमताका चार जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन अघि बढाउने भएको छ। 

Tata
GBIME
Nepal Life

त्यसका लागि विभागले चार वटै जलविद्युत आयोजनाको सम्भाव्यता र वातावरणीय प्रभाव मूल्यांकन (इआइए) का लागि निकालिएको ठेक्कामा आवेदन दिएका कम्पनीहरुको सर्ट लिष्टिङ गरेको छ।

आइतबार एक सूचना निकालेर सर्ट लिष्टिङमा परेका २२ कम्पनीसँग आशयपत्र मागिएको छ। डेढ महिनामा खरिद प्रक्रिया सकेर सम्झौता गर्ने  विद्युत विकास विभागका महानिर्देशक सन्दीपकुमार देवले बताए। उनका अनुसार करिव चार वर्षमा चारवटै जलविद्युत आयोजनाको सम्भाव्यता र इआइए पुरा गर्ने गरी अध्ययन अघि बढाउन लागिएको हो।

प्रतिवेदन तयार भएपछि चारवटै जलविद्युत आयोजना फिजिवल हुने वा नहुने, उत्पादन क्षमता, लागत लगायत बारे जानकारी हुनेछ। यो अध्ययनले सम्भव देखाएका आयोजनाहरुको विस्तृत अध्ययन अघि बढाइने उनको भनाइ छ।

मुगु कर्णाली जलविद्युत आयोजना (१११.५ मेगावाट), तल्लो बडिगाड जलाशययुक्त जलविद्युत आयोजना (३५० मेगावाट), कालीगण्डकी-२ जलाशाययुक्त जलविद्युत आयोजना (५०३ मेगावाट), हुम्ला कर्णाली क्यासकेड जलविद्युत आयोजना (४०७.३५+२२९.७७ मेगावाट) गरी चार आयोजनाको सम्भाव्यता र वातावरणीय प्रभाव मूल्यांकन अघि बढाउन लागिएको हो।

विभागका  प्राविधिकहरुले गरेको फिल्ड भिजिट र प्रारम्भिक अध्ययनका आधारमा तयार पारिएको रिपोर्टमा चार जलविद्युत आयोजनाको कुल विद्युत उत्पादन क्षमता १३७१. ८५ मेगावाट हुने अनुमान गरिएको छ।

मुगु कर्णाली जलविद्युत आयोजना (१११.५ मेगावाट)

विभागले १११.५ मेगावाट विद्युत क्षमताको मुगु कर्णाली जलविद्युत आयोजनाको सम्भाव्यता र इआइएका लागि जेभीसहित ६ वटा कम्पनीको सट लिष्ट गरेर आशय पत्र जारी गरेको छ। 

एडीएमसी इन्जिनियरिङ प्राइभेट लिमिटेड/ डेजायर इन्जिनियरिङ कन्सल्टेन्सी प्राइभेट लिमिटेड/ युनिट्स इन्जिनिरियङ कन्सल्टेन्सी गरी तीन कम्पनीको जेभी सर्ट लिष्टमा परेको छ। 

त्यसैगरी आइटीइसीइओ नेपाल प्राइभेट लिमिटेड/टोटल म्यानेजमेन्ट सर्भिसेज प्राइभेट लिमिटेड र इनोभेटिभ प्राइभेट लिमिटेडको जेभी, जेड कन्सल्ट प्राइभेट लिमिटेड / फिडब्याक इन्फ्रास्ट्रक्चर सर्भिसेस नेपाल लिमिटेड र साह कन्सल्ट इन्टरनेशनल प्राइभेट लिमिटेडको जेभी, राजदेवी इन्जिनियरिङ कन्सल्ट्याण्ट  प्राइभेट लिमिटेड / सीइपीएडी हाइड्रो कन्सल्ट्याण्ट्स प्राइभेट लिमिटेड / कस्मोपोलिटन कन्सल्ट्याण्ट र टेक्निकल एजुकेसन सेन्टर प्राइभेट लिमिटेडको जेभी र टेक्नोक्वारी कन्सल्ट्स प्राइभेट लिमिटेड, बीम कन्सल्ट्याण्ट प्राइभेट लिमिटेड/ एनइडीसीको जेभी गरी सर्ट लिष्टमा परेका छन्।

यो जलविद्युत आयोजना मुगुमा निर्माण हुनेछ।

तल्लो बडीगाड स्टोरेज (३५० मेगावाट)

तल्लो बडिगाड स्टोरेज जलविद्युत आयोजनाको सम्भाव्यता अध्यययनका लागि पाँच कम्पनी सर्ट लिष्टमा परेका छन्।

डिजायर इन्जिनियरिङ कन्सल्टेन्सी प्राइभेट लिमिटेड/जेड कन्सल्ट र बिडिए नेपाल प्राइभेट लिमिटेडको जेभी सर्ट लिष्टमा परेको छ। सर्ट लिष्टमा परेको अन्य चार कम्पनीहरु इन्भाइरोमेन्ट एण्ड रिसोर्स म्यानेजमेन्ट कन्सल्ट्याण्ट/ हाइड्रो कन्सल्ट इन्जिनियरिङ लिमिटेड र सिल्ट कन्सल्ट्याण्टको जेभी,आइटीसीइओ नेपाल प्राइभेट लिमिटेड/टोटल म्यानेजमेन्ट सर्भिसेस र इनोभेटिभ इन्जिनियरिङ सर्भिसेसको जेभी, राजदेवी इन्जिनियरिङ  कन्सल्ट्याण्ट प्राइभेट लिमिटेड/ सीइपीएडी हाइड्रो कन्सल्ट्याण्ट्स प्राइभेट लिमिटेड र ग्रीड कन्सल्ट प्राइभेट लिमिटेडको जेभी, टेक्नोक्वारी कन्सल्ट्याण्ट्स प्राइभेट लिमिटेड / टेक्नोभेसन इन्जिनियरिङ सर्भिसेसको जेभी रहेका छन्।

यो जलविद्युत आयोजना गुल्मीमा निर्माण हुनेछ।

कालीगण्डकी-२ जलाशाययुक्त जलविद्युत आयोजना (५०३ मेगावाट) 

यो जलविद्युत आयोजनाको सम्भाव्यता र इआइए अध्ययनका लागि  इन्भाइरोमेन्ट एण्ड रिसोर्स म्यानेजमेन्ट कन्सल्ट्याण्ट/हाइड्रो कन्सल्ट इन्जिनियरिङ र सिलट कन्सल्ट्याण्टको जेभी सर्ट लिष्टमा परेको छ। 

त्यसैगरी आइटीसीइओ नेपाल/ टोटल म्यानेजमेन्ट सर्भिसेस र इनोभेटिभ इन्जिनियरिङको जेभी, जेड कन्सल्ट  प्राइभेट लिमिटेड/डिजायर इन्जिनियरिङ कन्सल्ट्याण्ट र बीडीए नेपाल प्राइभेट लिमिटेडको जेभी, राजदेवी इन्जिनियरिङ कन्सल्ट प्राइभेट लिमिटेड/सीइपीएडी कन्सल्ट्याण्ट्स प्रालि र कस्मोपोलिटन कन्सल्ट एण्ड टेक्निकल  एजुकेसन  सेन्टर प्रालिको जेभी, टेक्नोक्वारी कन्सल्ट्स प्रालि/बीम कन्सल्ट्याण्ट प्रालि र एनइडीसीको जेभी गरी ५ वटा कम्पनी सर्ट लिष्टमा परेका छन्। 

तनहुँ, स्याङजा र पाल्पामा यो आयोजना निर्माण हुनेछ।

हुम्ला कर्णाली क्यासकेड जलविद्युत आयोजना (४०७.३५ +२२९.७७ मेगावाट)

यो जलविद्युत आयोजना सम्भाव्यता र इआइए अध्ययनका लागि डिजायर इन्जिनियरिङ कन्सल्टेन्सी प्रालि /एडीएमसी इन्जिनियरिङ प्रालि र युनिट्स इन्जिनियरिङ कन्सल्टेन्सीको जेभी सर्ट लिष्टमा परेको छ।

त्यसैगरी इन्भाइरोमेन्ट इण्ड रिसोर्स म्यानेजमेन्ट कन्सल्टेन्सी प्रालि /हाइड्रो कन्सल्ट इन्जिनियरिङ लिमिटेड र सिल्ट कन्सल्ट्याण्ट प्रालिको जेभी, आइटीसीइओ नेपाल / इनोभेटिए इन्जिनियरिङ सर्भिसेस र इपिसेन्टर इन्जिनियरिङ सोलुसन प्रालिको जेभी, राजदेवी इन्जिनियरिङ कन्सल्ट्याण्ट प्रालि/सीइपीएडी हाइड्रो कन्सल्ट्याण्ट र ग्रीड कन्सल्ट प्रालिको जेभी, साह कन्सल्ट इन्टरनेशनल प्रालि/जेड कन्सल्ट र फिडब्याक इन्फ्रास्ट्क्चर सर्भिसेस जेभी, टेक्नोक्वारी कन्सल्ट्स प्रालि/टेक्नोभेसन  इन्जिनियरिङ सर्भिसेस र एनइडीसी जेभी गरी ६ कम्पनी सर्ट लिष्टमा परेका छन्।

यो आयोजनामा हुम्लामा निर्माण हुनेछ। चार वटै आयोजनामा अधिकांश कम्पनीले दोहोरिएर आवेदन दिएका छन्।