६ कम्पनीलाई आइपीओ निष्कासन अनुमति, हाइड्रो र लघुवित्तले १ अर्ब २६ करोडको प्राथमिक सेयर ल्याउने

बिजमाण्डू
२०७८ माघ १० गते १३:०८ | Jan 24, 2022
६ कम्पनीलाई आइपीओ निष्कासन अनुमति, हाइड्रो र लघुवित्तले १ अर्ब २६ करोडको प्राथमिक सेयर ल्याउने


काठमाडौं। धितोपत्र बोर्डले ६ कम्पनीलाई प्राथमिक सेयर(आइपीओ) निष्कासनका लागि स्वीकृति दिएको छ। अनुमति पाउनेमा जलविद्युत, लघुवित्त र लगानी उपसमूह क्षेत्रका कम्पनी छन्। 

Tata
GBIME
Nepal Life

बोर्डले एक अर्ब २६ करोड ६२ लाख २९ हजार रुपैयाँ बराबरको एक करोड २६ लाख ६२ हजार २ सय ९० कित्ता आइपीओ निष्कासनका लागि अनुमति दिएको हो। बलेफी हाइड्रोपावर, ग्रीन भेन्चर, नेस्डो समृद्ध लघुवित्त, जालपा सामुदायिक लघुवित्त, राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपालले अनुमति पाएका हुन्। 

स्वीकृति पाएका कम्पनीमध्ये ग्रीन भेन्चरस लिमिटेड सर्वाधिक आइपीओ निष्कासनको तयारीमा छ। जलविद्युत समूह अन्तर्गतको यो कम्पनीले ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख ५० हजार कित्ता आइपीओ निष्कासनको अनुमति पाएको हो। कम्पनीको धितोपत्रको निष्कासन र बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट्स छ। 
 
दोस्रोमा बालेफी हाइड्रोपावरले ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९४० कित्ता बराबरको आइपीओ निष्कासन स्वीकृति पाएको हो। कम्पनीको धितोपत्रको निष्कासन र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल छ। 

यस्तै, लघुवित्त वर्ग अन्तर्गतको राष्ट्र उत्थान लघुवित्तले ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ताका लागि निष्कासनको अनुमति प्राप्त गर्दा  नेस्डो समृद्ध लघुवित्तले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता र जालपा सामुदायिक लघुवित्तले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता निष्कासनको स्वीकृति पाएको हो। 

लगानी उपसमूहको  इमर्जिङ नेपाललाई भने बोर्डले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ताका लागि निष्कासन अनुमति पाएको हो। कम्पनीको धितोपत्रको निष्कासन र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल छ।