वकिल उपस्थित हुन नसक्दा नबिल र एनबी बैंकको मुद्दाको सुनुवाइ सर्यो, बुधबारलाई डाकियो इजलास

बिजमाण्डू
२०७९ जेठ ३ गते १४:२९ | May 17, 2022

काठमाडौं। नबिल बैंक र नेपाल बंगलादेश (एनबि) बैंकबीचको मर्जर रोक्न परेको रिटमा सर्वोच्चको संयुक्त इजलासमा मंगलबार सुनुवाइ हुन सकेन। अघिल्लो एकल इजलासले मंगलबारका लागि सुनुवाइ तोकेको थियो।

Tata
GBIME
Nepal Life

एकल इजलासले मर्जर जेजस्तो अवस्थामा छ त्यहीँ राख्नु भन्ने आदेश समेत दिएको थियो। मंगलबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलास तोकिएकोमा वहश गर्ने वकिल उपस्थित हुन नसक्दा बुधबारलाई सुनुवाइ सरेको छ।

दुवै पक्षको कुरा सुन्नका लागि मंगलबारका लागि संयुक्त इजलास डाकिएको थियो। इजलासले अन्तरिम आदेश दिएमा तत्कालका लागि मर्जर तुहिने छ। नदिएमा प्रकृया अगाडि बढ्ने छ।

लक्ष्मीबहादुर श्रेष्ठ समूहको कम्पनी दिवेश्वरी इन्भेष्टमेन्ट प्रालि र नेपाल पावर डेभलपमेन्ट एण्ड इन्भेष्टमेन्ट कम्पनीले दुई छुट्टाछुट्टै रिट अदालतमा हालेको थियो। कम्पनीले हालेको रिटमा एकल इजलासले मंगलबारसम्मका लागि मर्जर प्रकृया रोक्न आदेश दिएको थियो।

दुवै संस्थालाई मर्जरका लागि राष्ट्र बैंकले सैद्धान्ति स्वीकृति दिइसकेको छ। अन्तिम स्वीकृति लिनुअघि दुवैले विशेष साधारणसभा डाकेका छन्। अदालतको आदेशपछि अहिलेलाई मर्जर प्रकृया स्थगित भएको छ।

एनबी बैंकमा बंगलादेशी साझेदार आइएफआइसी बैंक ढाकाको ४०.८९ प्रतिशत सेयर छ। यो सेयर उद्योगी विनोद चौधरीकी श्रीमती सारिका चौधरीले किन्ने गरी समझदारी भइसकेको छ।