पाइप तथा फिटिङ्स उत्पादक मंगलम इन्डस्ट्रिजको बिक्री २०६% ले बढ्यो, गर्‍यो अर्ब माथिको व्यापार

बिजमाण्डू
२०७९ जेठ ४ गते १२:२१ | May 18, 2022
पाइप तथा फिटिङ्स उत्पादक मंगलम इन्डस्ट्रिजको बिक्री २०६% ले बढ्यो, गर्‍यो अर्ब माथिको व्यापार

काठमाडौं। पाइप तथा फिटिङ्स उत्पादक मंगलम इन्डस्ट्रिजको बिक्री वर्षदिनमै २०६ प्रतिशतले बढेको छ। २०२० मा कोरोना महामारीका कारण चपेटामा परेको कम्पनीको व्यापार २०२१ मा रिबाउन्ड भएको छ। 

Tata
GBIME
Nepal Life

रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार २०२१ मा कम्पनीले एक अर्ब ५० लाख रुपैयाँको कारोबार गरेको छ। २०२२ को पहिलो सात महिनामा कम्पनीले ५९ करोड १० लाख रुपैयाँ कारोबार गर्ने उल्लेख गरिएको छ। 

२०१९ को तुलनामा २०२० मा ३६ प्रतिशतले कम्पनीको कारोबार कोरोना महामारीका कारण घटेको थियो। २०१९ मा ५१ करोड रुपैयाँ र २०१८ मा ३७ करोड रुपैयाँको व्यापार गरेको थियो। मंगलमले पीभीसी, सीपीभीसी, युपीभीसी र एचडीपीइ पाइप्स र फिटिङ्स उत्पादन गर्दै आएको छ। 

२००९ मा स्थापना भएको कम्पनीको सुरुवाती दिनमा नेपालीसँग भारतीय लगानीकर्ताको संयुक्त स्वामित्व थियो। पछि नेपाली लगानीकर्ताहरुले भारतीय स्वामित्व खरिद गर्दै शतप्रतिशत स्वदेशी स्वामित्वमा ल्याएका थिए। 

कम्पनीले आफ्ना उत्पादनहरु मंगलम ब्राण्डमा बिक्री गर्दै आएको छ। कम्पनीले उत्पादन गरेको प्रडक्टहरु स्वदेशीसँग २०२० देखि भने भारतीय बजारमा पनि निर्यात गर्दै आएको छ। कम्पनीको पूर्व जेभी पार्टनरको वितरण सञ्जाल उपयोग गर्दै मंगलमले उत्पादन भारत पुर्‍याइरहेको छ। 

कम्पनीको दुईवटा उत्पादन युनिट रुपन्देहीमा छन्। कम्पनीमा शशी चुरिवालको ७१.९ प्रतिशत र साइनी खेतानको २८.१ प्रतिशत सेयर स्वामित्व छ। कम्पनीको प्रबन्ध निर्देशक अभिनव चुरिवाल हुन्। 

मंगलमले ९९ करोड ५२ लाख रुपैयाँ कर्जाका लागि इक्राले पुन:पुष्टि गरेको छ। २७ करोड ९० लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि एलडबल बी माइनस रेटिङ पाएको छ। ७१ करोड ६२ लाख रुपैयाँको अल्पकालीन कर्जाका लागि एफोर रेटिङ पाएको छ।