एभरेष्ट बैंकले लुम्बिनीको परासीमा खोल्यो शाखा, ११६ पुग्यो शाखा संजाल

बिजमाण्डू
२०७९ जेठ ५ गते १५:०६ | May 19, 2022
एभरेष्ट बैंकले लुम्बिनीको परासीमा खोल्यो शाखा, ११६ पुग्यो शाखा संजाल


काठमाडौं। एभरेष्ट बैंकले लुम्बिनीको परासीमा ११६ औं शाखा संचालनमा ल्याएको छ।  

Tata
GBIME
Nepal Life

बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र नवलपरासी चेम्बर अफ कर्मसका अध्यक्ष केशबप्रसाद भण्डारीले संयुक्त रुपमा परासी शाखाको उद्घाटन गरेका छन्। 

उद्घाटन समारोहमा बोल्दै प्रमुख कार्यकारी अधिकृत खालिङले परासीका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराउने आश्वासन व्यक्त गरेका छन्। 

११६ शाखा संजाल, प्रादेशिक कार्यालय, १५० वटा एटीएमसहित विश्वव्यापी नेटवर्कबाट बैंकले वित्तीय सेवा दिँदै आएको छ।