आइएमई पेबाट हवाई टिकट काट्नेले सुनको सिक्का जित्न सक्ने, हरेक १५ दिनमा दुईजनालाई सुन

बिजमाण्डू
२०७९ जेठ ५ गते १६:४७ | May 19, 2022
आइएमई पेबाट हवाई टिकट काट्नेले सुनको सिक्का जित्न सक्ने, हरेक १५ दिनमा दुईजनालाई सुन


काठमाडौं। आइएमई पेले आफ्ना ग्राहकका लागि हवाई टिकटमा निःशुल्क सुनको सिक्का जित्न सक्ने योजना सार्वजनिक गरेको छ। आइएमई पेको एपबाट हवाई टिकट बुक गर्ने दुई भाग्यशाली यात्रुले हरेक १५ दिनमा एउटा सुनको सिक्का पाउने कम्पनीले जनाएको छ। 

Tata
GBIME
Nepal Life

यसका अतिरिक्त योजना अवधिभर हरेक दिन आइएमई पे एपबाट हवाई टिकट काट्दा दैनिक एकजना बिजेताले चन्द्रागिरि केबलकारको दुईवटा टिकट र हरेक हप्ता एकजना बिजेताले एउटा चाँदीको सिक्का जित्न सकिने बताइएको छ। 

हवाई सेवा अहिले सबैभन्दा बढ्ता रूचाइएको यातायातको माध्यम हुन पुगेको छ। आरामदायी र छिटो यात्रा गर्नको लागि अहिले कैयौँ यात्रुहरुले हवाई यातायात नै रोज्छन्। यस्ता यात्रुहरुले सहजताका निम्ति आइएमई पेबाटै घरमै बसेर हवाई टिकट बुक गर्न मिल्ने बताइएको छ। 

अझ बढी यात्रुहरुलाई हवाई यात्राका सेवा दिन र पुराना यात्रुहरुलाई निरन्तरता दिन प्रेरित गर्न आइएमई पेले योजना सार्वजनिक गरेको कम्पनीले जनाएको छ। 

यस योजनालाई संचालन गर्न कम्पनीले केही निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ। जसअनुसार आइएमई पे एपको सम्पूर्ण दर्ता भएका प्रयोगकर्ताहरु यस योजनाको निम्ति योग्य हुने कम्पनीले जनाएको छ।