महिन्द्राको नयाँ इन्धन किफायती ‘एसपी प्लस’ ट्रयाक्टर नेपाली बजारमा, किसानको उत्पादकत्व बढ्ने

बिजमाण्डू
२०७९ जेठ १० गते १९:३७ | May 24, 2022
महिन्द्राको नयाँ इन्धन किफायती ‘एसपी प्लस’ ट्रयाक्टर नेपाली बजारमा, किसानको उत्पादकत्व बढ्ने

काठमाडौं। महिन्द्राको नयाँ इन्धन किफायती 'एसपी प्लस' ट्रयाक्टर नेपाली बजारमा सार्वजनिक भएको छ। भारतीय व्यापारिक घराना महिन्द्रा समूहअन्तर्गतको कम्पनी  फार्म इक्विपमेन्ट सेक्टरले उत्पादन आएको ‘एसपी प्लस’ ट्रयाक्टर सिरिज नेपाल उपलब्ध गराएको कम्पनीले जनाएको छ।

Tata
GBIME
Nepal Life

यसमा उच्च क्षमतायुक्त हाइड्रोलिक स्टेरिङ, तेल इमर्स्ड ब्रेक जस्ता फिचरहरु रहेका छन्। यी ट्रयाक्टर कृषि प्रयोजनका साथै ढुवानीमा समेत उपयोगी हुने भएकाले किसानको उत्पादकत्वमा सहयोगी बन्ने कम्पनीले जनाएको छ।

बिक्री शुभारम्भको अवसरमा अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले भने, ‘किसानलाई अझ धैरै कार्य गर्न र आफ्नो कृषि उत्पादकत्वलाई बढाउन सहयोग गर्ने एसपी प्लस श्रृङ्खलामा ६ वर्षे वारेन्टी उपलब्ध रहेको छ, जुन यस उद्योगमै सबैभन्दा बढी हो।’

महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको कृषि उपकरण क्षेत्र, अन्तर्राष्ट्रिय कार्य सञ्चालन प्रमुख प्रकाश वाकंनकरले भने, 'बदलिँदो समयसँगै किसानहरू आफ्नो उत्पादकत्व बढाउन चाहन्छन्। त्यसैले नयाँ एसपी प्लस श्रृङ्खला नेपालमा पनि बिक्री सुरु गर्न थालिएको हो।'

नयाँ सिरिजका ट्रयाक्टरहरू महिन्द्राको उन्नत ईएलएस इन्जिन र रिभर्स पीटीओ सहितको डुअल क्लच गियरबक्समा उपलब्ध छन्।

नयाँ महिन्द्रा एसपी प्लस ट्रयाक्टरहरु क्रमशः जेठ ७, ८ र ९ गते देशका विभिन्न स्थान बिर्तामोड, विराटनगर र जनकपुरमा बिक्री सुरु भएको छ। यसलाई नेपालमा सार्वजनिक गर्ने कार्यक्राममा महिन्द्रा एण्ड महिन्द्रा लिमिटेड (भारत) र अग्नि ग्रुपका उच्च अधिकारीहरु, स्थानीय डिलर, स्थानीय उद्योग वाणिज्य संघका  प्रतिनिधि लगायतको उपस्थिति  थियो।

अब कम्पनीले छिट्टै नै नयाँ एसपी प्लस सिरिजको ट्रयाक्टर वीरगन्ज, चितवन र नेपालगन्जमा पनि सार्वजनिक गर्ने विज्ञप्तीमा उल्लेख गरेको छ।

महिन्द्रा संख्यात्मक आधारमा विश्वकै नम्बर १ ट्रयाक्टर उत्पादक कम्पनी हो। सन् १९६३ मा संयुक्त राज्य अमेरिकाको इन्टरनेसनल हार्भेस्टर इंकसँगको संयुक्त उद्यममार्फत आफ्नो पहिलो ट्रयाक्टर ल्याएयता महिन्द्रा एन्ड महिन्द्रा मार्च २०१९ सम्म ३० लाख ट्रयाक्टर बिक्री गर्ने पहिलो भारतीय ट्रयाक्टर ब्रान्ड बन्न पुग्यो। जसमा विश्वव्यापी ग्राहकहरूलाई गरिएको बिक्री पनि समावेश छ।