नबिल बैंकमा ज्ञानेन्द्र ढुंगानाको इन्ट्री, राष्ट्र बैंक, एनसीसी, एनबि बैंक हुँदै नबिलको सीइओ

बिजमाण्डू
२०७९ असार १७ गते ११:१८ | Jul 1, 2022
नबिल बैंकमा ज्ञानेन्द्र ढुंगानाको इन्ट्री, राष्ट्र बैंक, एनसीसी, एनबि बैंक हुँदै नबिलको सीइओ

काठमाडौं। नबिल बैंकमा ज्ञानेन्द्रप्रसाद ढुंगानाले प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालेका छन्। एनबि बैंक गाभिएपछि ढुंगानालाई नबिलमा ल्याउने संचालक समितिले निर्णय गरेको थियो।

Tata
GBIME
Nepal Life

त्यही निर्णय अनुसार उनले शुक्रबारदेखि कार्यभार सम्हालेका हुन्। बैकिङ क्षेत्रमा २५ वर्षभन्दा बढी अनुभव सँगालेका ढुंगाना एनबिमा १० वर्ष सिइओ भएका थिए।

एनबि अगाडि उनी नेपाल क्रेडिट एण्ड कमर्स बैंकका महाप्रबन्धक थिए। राष्ट्र बैंकको निर्देशक पद छाडेर ढुंगाना निजी बैंकमा काम गर्न आएका थिए।

उनले भारतको चार्टर्ड एकाउन्टेन्सी र अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट तथा वित्तीय विश्लेषणमा स्नातकोतर गरेका छन्।