महाराजगञ्जमा ६ अर्ब लगानीमा १६२ युनिटसहितको अपार्टमेन्ट बन्दै, मूल्य ४ करोड रुपैयाँदेखि



बिजमाण्डू
२०७९ साउन ३ गते १३:५१ | Jul 19, 2022
महाराजगञ्जमा ६ अर्ब लगानीमा १६२ युनिटसहितको अपार्टमेन्ट बन्दै, मूल्य ४ करोड रुपैयाँदेखि

काठमाडौं। काठमाडौंको महाराजगञ्जमा ६ अर्ब रुपैयाँ लगानीमा १६२ युनिटसहितको अपार्टमेन्ट बन्ने भएको छ। कर्मा रेसिडेन्सीले अबको तीन वर्षमा अपार्टमेन्ट निर्माण सक्ने गरी काम थालेको छ।

Tata
GBIME
Nepal Life

अपार्टमेन्ट २.५ र ३.५ बेडरुम युनिट बन्दै छन्। करिब १२ रोपनी क्षेत्रफलमा फैलिने अपार्टमेन्टमा भवनले भने ६ रोपनी मात्रै जग्गा ओगट्ने कम्पनीले जनाएको छ। 

अबको १८ महिनामा संरचना निर्माणको सकेर बाँकी १८ महिनामा इन्टेरियरको काम सक्ने लक्ष्य कर्मा समूहको छ। अपार्टमेन्ट तीनवटा टावर/भवनको हुनेछ। प्रत्येक टावरमा दुई तला बेसमेन्टमा पार्किङ निर्माण गर्ने र बाँकी १२ तलामा अपार्टमेन्ट युनिटसहित एक तलामा अन्य सुविधागरी १५ तलाको हुने कम्पनीले जनाएको छ। 

कम्पनीले अपार्टमेन्टको प्रि-बुकिङ मूल्य ३० हजार रुपैयाँ प्रति वर्गफिट तोकेको छ। केही समयमा यो ३२ हजार रुपैयाँ प्रति वर्गफीट हुने कम्पनीले जनाएको छ। 

कम्पनीले सबैभन्दा सानो अपार्टमेन्ट युनिट १२५० वर्गफीटको प्रि-बुकिङ मूल्य ३.७५ करोड रुपैयाँ तोकेको छ। बुकिङ मूल्य भने कम्पनीले बढाएर चार करोड रुपैयाँ तोकेको छ।