र्‍याडिसनको पुरानै चार्म फर्काउने बाटोमा विधाता, भन्छिन्- ‘वी आर रेडी टु कम्पिट’

भावना शर्मा
२०७९ असोज २ गते ११:०२ | Sep 18, 2022

माओवादीको सशस्त्र द्वन्द्वको दशक, त्यो ताका नेपाल बन्द असाध्यै धेरै हुन्थ्यो। भैंसेपाटी बस्ने बीके श्रेष्ठ हिँडेरै भए पनि होटल र्‍याडिसन आइपुग्थे। कुनै बेला बन्दमा उनी साइकल पेल्दै भैंसेपाटीदेखि लाजिम्पाटको दुरी नाप्थे। सानी विधातालाई त्यतिबेला आफ्नो बुवाले किन त्यसरी बन्दको दिन पनि पैदल हिँडेर होटल जानुपरेको होला जस्तो हुने रहेछ। तर बीके श्रेष्ठ उनका बुवामात्र थिएनन् होटल र्‍याडिसनका संस्थापक तथा प्रबन्ध निर्देशक समेत थिए। र उनको होटलप्रतिको यस्तो लगाव एक परिवारका निम्ति मात्र नभई सयौं मानिसको रोजीरोटीसँग गाँसिएको थियो भन्ने कुरा धेरै पछि मात्र विधातालाई बोध भयो।

Tata
GBIME
Nepal Life

आज होटल र्‍याडिसनमै सह-प्रबन्ध निर्देशकको कुर्सी बसेर बुवासँग जोडिएका बाल्यकाल सम्झँदै गर्दा विधातालाई अझ बढी जिम्मेवारी बोध गराउँछ। बुवा बीके श्रेष्ठले खडा गरेको साम्राज्यलाई उनको अवसानपछि बिरासत जसरी नै अघि बढाइरहेकी छन् विधाताले। होटल र्‍याडिसनलाई त्यो उचाइमा लैजान प्रयास गरिरहेकी छन्, जहाँ पुर्‍याउने सपना उनका बुवाले देखेका थिए।

होटल व्यवसायीहरुको छाता संगठन हानका अध्यक्ष समेत रहेका बीके श्रेष्ठको सन् २०१७ मा निधन भयो। बुवाको निधन हुनुभन्दा तीन वर्ष अघिदेखि नै विधाताले होटलको व्यवस्थापन सम्हाल्न थालिसकेकी थिइन्। जुन वर्ष बुवाको निधन भयो त्यही वर्ष उनले होटलको सह-प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्नु पर्‍यो।

बीकेका तीन छोरीहरुले कुनै न कुनै तहबाट होटलको जिम्मेवारी लिए। तर तीन दिदीबहिनीमा माइली विधाताका लागि सह-प्रबन्ध निर्देशकको कुर्सीसम्म आइपुग्नु पारिवारिक जिम्मेवारी मात्र नभई परिस्थितिजन्य बाध्यता जस्तो पनि बन्यो। तर उनले कहिल्यै पनि यो जिम्मेवारीलाई हलुका ढंगले लिइनन्।

बुवाले तीनै छोरीहरुलाई सानैदेखि मानसिक रुपमै तयार पारिसकेका थिए, भन्थे -‘मेरो सबै व्यवसायहरु अघि बढाउने तिमीहरुले नै हो है।’ विधाताले पनि बुवाको भनाइलाई मनन गरेकी थिइन्। तर, कहिलेदेखि र कसरी त्यो जिम्मेवारी बहन गर्नुपर्छ त्यो थाहा थिएन। शुभताराबाट स्कुल र मल्पी कलेजबाट ‘ए लेभल’ सकेपछि विधाता थप पढाइका लागि लण्डन पुगिन।

बजारमा नयाँ चेन होटलहरु आइरहेकोतर्फ उनी उत्तिकै सचेत छिन्। पुरानै होटलहरुका पनि अपडेटेड र एडभान्स्ड भर्जनहरु आइरहेका छन्। कुनै बेला सोल्टीपछिको दोस्रो नाम चलेको तारे होटल भनिने र्‍याडिसनको बजार खस्किएको चर्चा पनि चल्ने गर्छ तर विधातालाई यसले बिचलित बनाएको छैन।

सन् २०१२ मा बेलायतको युनिभर्सिटी अफ इस्ट आंग्लिया अन्तर्गत नर्विच बिजनेस स्कुलबाट एडभान्स्ड बिजनेस म्यानेजमेन्टमा पोष्ट ग्रयाजुएसन सकेर उनी नेपाल फर्किन्। त्यसको केही समयपछि नै होटलमा उनी कर्पोरेट डाइरेक्टरका रूपमा छिरिन्।

‘यो होटल खोल्ने बेला म सानै थिएँ। अर्को बिल्डिङ बन्दा, एयरपोर्टमा लाउन्ज खोल्दा, होटल बिस्तार हुँदै जाँदा म बुवाको कामप्रति प्रभावित हुँदै गएँ। नयाँ भवनको आइडिया उनको बुवाकै थियो तर बन्न केही डिले भयो। तर बुवापछि पनि उहाँको त्यो आइडियालाई अघि बढाउन पाएँ।’-काठमाडौंको उत्कृष्ट पाँचतारे होटलको रुपमा गनिने र्‍याडिसनमा आबद्ध भएर ६ वर्षदेखि हस्पिटालिटी सेक्टरमा काम गरिरहेकी विधाता बाबुको डेडिकेसन र ‘नेभर गिभ अप एटिच्युड’बाट आफूले धेरै कुरा सिकेको बताउँछिन्।

विधाता हाल हानको केन्द्रीय कार्यसमितिमा पनि छिन्। बुवाले लामो समय नेतृत्व दिएको संस्थाले पहिलो महिला नेतृत्वका रुपमा सिर्जना राणालाई पाएकोमा विधाता व्यक्तिगत रुपमा ‘इन्स्पायर्ड’ भएकी छन्।

‘पुरुषमात्रै होइन महिलाले पनि नेतृत्वदायी भूमिका लिनुपर्छ भन्ने मेरो इच्छा हो। त्यो स्थानमा मेरो बुवा हुनुहुन्थ्यो। कुनै दिन म पनि नेतृत्वमा जान्छु।’- बिधाता बुवाकै बाटोमा हिँड्नका लागि आफूलाई तयार पारिरहेकी छन्।

बुवाले तीन छोरीहरुलाई सानैदेखि मानसिक रुपमै तयार पारिसकेका थिए , भन्थे – ‘मेरो सबै ब्यवसायहरु अघि बढाउने तिमीहरुले नै हो है।’ विधाताले पनि बुवाको भनाइलाई मनन गरेकी थिइन्। तर, कहिलेदेखि र कसरी त्यो जिम्मेवारी बहन गर्नुपर्छ त्यो थाहा थिएन। ‘ए लेभल’ सकेपछि विधाता थप पढाइका लागि लण्डन पुगिन्।

चुनौतीका पहाड उक्लिँदै विधाता

जतिबेला विधाता होटल व्यवसायमा छिरिन् उनका लागि परीक्षा सरह साबित भयो। उनले थाल्दा महाभूकम्पको सामना गर्नुपर्‍यो। त्यसपछि नाकाबन्दी अनि कोभिड महामारी। थालनीदेखि नै केही न केही बाधा र चुनौती विधाताका सामु आइपर्‍यो।

भूकम्पका बेला समस्या नेपालमा मात्र थियो। पर्यटन क्षेत्र छिटो लयमा फर्कियो। नाकाबन्दीमा पनि जसोतसो व्यवसाय धानियो। तर कोभिड महामारीले विश्वभर नै पर्यटन क्षेत्र धरासायी भयो। अर्थतन्त्र चौपट बन्यो। नेपालको पर्यटन क्षेत्र ठप्प भयो। ठूला साना सबै होटलहरु बन्द भए। तारे होटलहरुले ६ महिना व्यवसाय बन्द नै गरे। कतिपय होटलहरु अझै पनि कोमाबाट बाहिर आउन सकेका छैनन्। महामारीको प्रभाव विश्वभर कायमै छ। यो समयलाई विधाता सबैभन्दा गाह्रो अवस्थाका रूपमा लिन्छिन्।

कोभिड महामारीले शिथिल बनेको विश्व पर्यटन क्षेत्र पहिलेकै अवस्थामा आउन लामो समय लाग्ने विधाताको अनुमान छ। तथ्यांककै आधारमा हेर्ने हो भने सार्क क्षेत्रमा ३० प्रतिशत पनि व्यापार फस्टाउन सकेको छैन। दक्षिण पूर्वी एसियामा पर्यटन क्षेत्रले ७० प्रतिशतभन्दा बढी गतिरोध सामना गरिरहेको छ। युरोपमा त कोभिडपछि रुस-युक्रेन युद्धले पर्यटन क्षेत्रको अवस्था जर्जर बनेको अवस्था छ।

विधाताको अनुभवमा कोभिड महामारीपछिको समयमा नेपालको हस्पिटालिटी क्षेत्रलाई सघाउने कोही छ भने त्यो भारत नै हो। भारतबाट आउने पर्यटकका कारण अहिले केही मात्रामा भए पनि पर्यटन क्षेत्रमा चहलपहल बढेको उनी बताउँछिन्।

‘युरोप-अमेरिकाले अलिकति कोभिडको रेट बढ्ने बित्तिकै त्यो देशलाई रेड जोनमा राखिदिन्छ आफ्ना नागरिकलाई त्यहाँ जान दिँदैन। जानै चाहनेलाई पनि ट्राभल इन्स्योरेन्सले कभर गर्दैन। त्यसैले अहिले तान्न सकिने भनेकै भारतीय पर्यटक हुन्। हाम्रा प्राइम कस्टमर भारतीय नै हुन्।’- उनी भन्छिन्।

बीकेका तीन छोरीहरुले कुनै न कुनै तहबाट होटलको जिम्मेवारी लिए। दिदीबहिनीमा माइली विधाताका लागि सह-प्रबन्ध निर्देशकको कुर्सीसम्म आइपुग्नु पारिवारिक जिम्मेवारी मात्र नभई परिस्थितिजन्य बाध्यता जस्तो पनि बन्यो तर उनले कहिल्यै पनि यो जिम्मेवारीलाई हलुका ढंगले लिइनन्।

प्रतिस्पर्धाका लागि तयार

होटल र्‍याडिसनमा यतिबेला अकुपेन्सी फुल छ। लवीमा भीडभाड छ। अधिकांश भारतीय पर्यटकहरुले नै होटल भरिएको छ। होटलले प्याकेजहरुमा फोकस गरिरहेको विधाताले सुनाइन।

‘अहिले त पिक सिजन नै हो। तर केही साताका लागि मात्र हो यो चहलपहल। पछिसम्म त यस्तै रहन्न। त्यसैले हामीले अहिले हाम्रा पर्यटकको नेपाल बसाईका क्रममा बेस्ट सर्भिस दिनेमै केन्द्रित छौं। इन्भायरमेन्ट फ्रेन्ड्ली र उनीहरुले खोजेजस्तो व्यवहार दिनुपर्छ भनेर हामीले आफ्ना स्टाफहरुलाई पनि ट्रेन्ड गरिरहेका छौं।’- विधाता आफ्ना लोयल कस्टमरहरुले जे चाहन्छन् त्यो सेवा कसरी दिने भन्नेमा ध्यान केन्द्रित गरेको बताउँछिन्। यसैबाट उनीहरु आफ्ना ग्राहक टिकाइराख्न चाहन्छन्।

विधाता आफ्ना पुराना क्लाइन्ट र होटलको कस्टमर केयर नै र्‍याडिसनको सबैभन्दा ठूलो स्ट्रेन्थ भएको बताउँछिन्। ‘हामी नीड अनुसार परिवर्तन भइरहेका छौं, वहाँहरुले हामीलाई साथ छोड्नुभएको छैन। हाम्रो त्यो कनेक्सन नै स्ट्रेन्थ हो।’

बजारमा नयाँ चेन होटलहरु आइरहेकोतर्फ उनी उत्तिकै सचेत छिन्। पुरानै होटलहरुका पनि अपडेटेड र एडभान्स्ड भर्जनहरु आइरहेका छन्। कुनै बेला सोल्टीपछिको दोस्रो नाम चलेको तारे होटल भनिने र्‍याडिसनको बजार खस्किएको चर्चा पनि चल्ने गर्छ तर विधातालाई यसले बिचलित बनाएको छैन।

‘त्यसो त नयाँ नयाँ प्रतिस्पर्धीहरु बजारमा आउँदा तुलना त भइ नै हाल्छ। तर हाम्रो ल्याकिङ बिहाइन्ड भन्ने मान्न म तयार छैन। हाम्रो आफ्नै बेस छ। आफ्नै होल्ड छ। यतिका वर्षको लगानी र कनेक्सन छ।’- नयाँ ग्राहक र समूहलाई टार्गेट गर्नका लागि भने आफूहरुले अझ बढी मेहनत गरिरहेको विधाताले बताइन्।

‘कोभिडमा हामीले आर्थिक रूपमा ठूलो धक्का पायौं। रिभाइभ गर्न केही वर्ष त लाग्ला। पहिले होटललाई बजार प्रतिस्पर्धामा उत्रिन सक्ने गरी रिभाइभ गर्ने हो, अनि मात्र हामीले सेयरहोल्डरलाई पनि केही फिर्ता दिन सक्छौं। प्रतिफल लिन अझै केही समय त कुर्नैपर्छ तर हामी निरन्तर यही कोसिसमै छौं।’- उनी ढुक्क सुनिइन्- ‘वी आर रेडी फर कम्पिट !’

पुरानै ‘चार्म’ फर्काउने

यतिबेला होटलको मुख्य भवनलाई पुनर्निर्माण गर्ने र नयाँ प्रोपर्टीलाई अपार्टमेन्ट शैलीमा तयार गर्नेमा लक्षित छ व्यवस्थापन। र्‍याडिसनलाई काठमाडौं बाहिर पनि बिस्तार गर्नका लागि सम्भाव्यता अध्ययनको काम पनि भइरहेको छ।

होटलमा हालै दुई वटा तलाहरु अपग्रेड भइसकेको छ। नयाँ बनिरहेको प्रोपर्टीमा अपार्टमेन्ट बेस्ड रुमहरु तयार भइरहेका छन्। बिभिन्न परियोजना तथा लामो समय बस्ने गरी परिवारसँग आउने विदेशी पर्यटक लक्षित गरी भइरहेको यो बिस्तार आगामी वर्ष सम्पन्न हुने विधाताले जानकारी दिइन्।

अहिले होटलले आफ्नो एम्बियन्सदेखि रेष्टुरेन्टको मेनुसम्म परिवर्तन गरिरहेको छ। र्‍याडिसन आफैं पनि ग्रीनबाट ब्लु स्तरमा उक्लिएको छ।

‘मार्केट एनालिसिस गरेरै चेन्ज ल्याइरहेका छौं। कोभिडका कारण आर्थिक रुपमा पाएको धक्कालाई रिभाइभ गर्नका लागि चुनौती पक्कै छ। त्यसका लागि नै पुनर्निर्माणका साथ अघि बढ्दैछौं।’- विधाता आत्मविश्वासका साथ भन्छिन्।

र्‍याडिसनको रेष्टुरेन्ट र ब्यांकेट सर्भिस काठमाडौंको हाइ-एण्ड सर्कलमा निकै प्रसिद्ध थियो। नयाँ रेष्टुरेन्ट तथा ब्यांकेटहरुको प्रवेशसँगै कालान्तरमा त्यसको ‘चार्म’ घट्दै गयो। यही कुरालाई महसुस गरेर हाल होटलमा रहेका दुइवटै रेष्टुरेन्टहरुको पनि पुनर्निर्माण चलिरहेको छ। त्यहाँको मेनु मै पुरा परिवर्तन भइरहेको उनले सुनाइन्।

विधाता भन्छिन् – ‘हामी अहिले होटल र ब्यांकेट सर्भिसलाई परिवर्तन गर्दैछौं। कस्टमरले के चाहिरहेका छन् र हाम्रो ग्याप के मा छ त्यो हेरिरहेका छौं। अब हाम्रो रेष्टुरेन्टमा इन्डियन, पान एसियन र मेक्सिकन खानाहरुमा लक्षित मेनु रहनेछ। ब्यांकेटमा पनि हामी सन् २०१९ कै अवस्थामा फर्किन सक्छौं भनेरै कोसिस गरिरहेका छौं। यतिबेला ‘पाइ’ नै सानो छ बजारमा। त्यहीबाट सबैले बाँडेर लिने न हो !’

ओरियन्टल होटल्स अन्तर्गतको र्‍याडिसन पब्लिक लिमिटेड कम्पनी हो। दुई वर्षदेखि आफ्ना सेयरधनीलाई लाभांश दिन नसकेकोमा विधाता खिन्न छिन् तर निराश भने छैनन्।

कोभिड महामारीले शिथिल बनेको विश्व पर्यटन क्षेत्र पहिलेकै अवस्थामा आउन लामो समय लाग्ने विधाताको अनुमान छ। तथ्यांककै आधारमा हेर्ने हो भने सार्क क्षेत्रमा ३० प्रतिशत पनि व्यापार फस्टाउन सकेको छैन। दक्षिण पूर्वी एसियामा पर्यटन क्षेत्रले ७० प्रतिशतभन्दा बढी गतिरोध सामना गरिरहेको छ। यूरोपमा त कोभिडपछि रुस-युक्रेन युद्धले पर्यटन क्षेत्रको अवस्था जर्जर बनेको अवस्था छ।

‘कोभिडमा हामीले आर्थिक रूपमा ठूलो धक्का पायौं। रिभाइभ गर्न केही वर्ष त लाग्ला। पहिले होटललाई बजार प्रतिस्पर्धामा उत्रिन सक्ने गरी रिभाइभ गर्ने हो अनि मात्र हामीले सेयरहोल्डरलाई पनि केही फिर्ता दिन सक्छौं। प्रतिफल लिन अझै केही समय त कुर्नैपर्छ तर हामी निरन्तर यही कोसिसमै छौं।’- उनी ढुक्क सुनिइन्- ‘वी आर रेडी टु कम्पिट !’