सामसङले ग्यालेक्सी एओफोर एस सिरिजमा सस्तो रेन्जका स्मार्टफोन ल्यायो, के के छन् विशेषता?

बिजमाण्डू
२०७९ असोज ५ गते १३:१२ | Sep 21, 2022

काठमाडौं। सामसङ मोबाइलले नयाँ ग्यालेक्सी ए ओ फोर एस बजारमा ल्याएको छ।

Tata
GBIME
Nepal Life

कालो, कपर र हरियो गरी तीन रंगमा उपलब्ध रहेको सेटको मूल्य २० हजार देखि २२ हजारसम्म रहेको कम्पनीले जनाएको छ।

१२८ जिबी रोम सहित ४ जिबी र्‍याम भएको एओफोर एसको मूल्य २१ हजार ९ सय ९९ तोकिएको छ भने ६४ जिबी रोम र ४ जिबी र्‍याम भएको फोनको मूल्य १९ हजार ९ सय ९९ रहेको कम्पनीले जनाएको छ।

सबैको पहुँचमा हुने मूल्यका साथ एओफोर एसले ए सिरिजका स्मार्टफोन उपलब्ध गराएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यो सेटमा प्रयोगकर्ताका लागि ट्रिपल रियर क्यामेरा र ५ एमपी सेल्फी क्यामेरा रहेको छ जसबाट प्रयोगकर्ताले फोटोका लागि धेरै फिचरहरु पाउन सक्ने छन्। 

एक पटकको चार्जले २ दिनसम्म टिक्ने ब्याट्री रहेको कम्पनीले बताएको छ।